ममताजीले फुट डालो राज करोको नीतिमा काम गर्दैछिन् : भाजपा राष्ट्रिय महासचिव कैलाश ‘भैया’

खबरम्यागजिन संवाददाता

सिलगढ़ी, 1 मई।


“ममताजीले फुट डालो राज करोको नीतिमा काम गर्दैछिन्,” भाजपा राष्ट्रिय महासचिव कैलाश विजयवर्गीयले आज जलपाइगढ़ी यात्रामा जाँदै गर्दा बाघडुग्रा हवाइअड्डामा संवाददाताहरूसँग संवाद गर्दै यसो भने।
उनले अझ भने, “उनी नेपाली र स्थानीयहरूमाझ द्वन्द्व उकास्न लागिपरेकी छन्। चाहे नेपाली वा कुनै पनि भारतीय भाषा होस्, प्रत्येक भाषालाई समान नजरले हेर्नु र सम्मान गर्नु हाम्रो कर्त्तव्य हो।”

पहाड़मा गोजमुमोले चलाइरहेको भाषा पक्षपात विरोधी आन्दोलनको अवधि गोजमुमोले तृणमूल कङ्ग्रेसले बङ्गला र नेपाली भाषामाझ भाँजो हाल्ने काम गरिरहेको काम गरेको आरोपको समर्थन गर्नुहुन्छ भन्ने प्रश्नको जवाफमा उनले भने, ‘भारत एक सार्विक देश हो, यहाँ सबै भाषाको समान सम्मान गरिनु पर्दछ।’
इन्दौरमा सबैले ‘भैया’ भनेर चिनिने भाजपा महासचिव लाटागढ़ी, जलपाइगढ़ीको साङ्गठनिक दौड़ाहामा छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन