एजबेस्टनको सुविधाबारे असन्तुष्ट टीम इण्डिया

बर्मिङ्घम, 2 जून।

च्यापियन्स ट्रफीका लागि टीम इण्डियालाई उपलब्ध गराइएको सुविधाबारे टीमका प्रशिक्षक अनिल कुम्बले र कप्तान विराट कोहलीले असन्तुष्ट व्यक्त गरेका छन्। यहाँको एजबेस्टन क्रिकेट ग्राउण्मा टीम इण्डियालाई अभ्यासका लागि जुन ठाउँ दिइएको छ, त्यसैमाथि कुम्बले र कोहलीले असन्तुष्ट व्यक्त गरेका हुन्। अभ्यासका लागि उपलब्ध गराइएको स्थान सानो भएकोले फास्ट बलरहरूलाई दौड़न असुविधा भएको यी दुइको भनाइ छ। बिहीवार बर्मिङ्घमको यसै मैदानमा कोहली एण्ड कम्पनीले अभ्यास गऱ्यो। उमेश यादव, मोहम्मद शामी र हार्दिक पाण्ड्याजस्ता बलर, जो बलिङ गर्नका लागि प्रायः 30 यार्डभन्दा ज्यादा रन-अप लिन्छन्, उनीहरूलाई धेरै समस्या भएको थियो।

यो कुरा कप्तान र कोचले पनि बोध गरे। यसपछि उनीहरूले यो समस्या समाधान गर्न टीम म्यानेजर कपिल मल्होत्रालाई लोकल अथोरिटीसित कुराकानी गर्ने सुझाउ राखे। यसैबीच, टीम इण्डियाले मेन ग्राउण्डमा अभ्यास गर्न चाहे पनि यो सुविधा प्राप्त भने भएन। लोकल अथोरिटीको भनाइ छ – शुक्रवार अर्थात् आज यसै मैदान अष्ट्रेलिया र न्यूजील्याण्डबीच म्याच खेलिनेछ। यस्तोमा मेन ग्राउण्डमा यी दुइ दलका खेलाड़ीहरूले मात्र अभ्यास गर्न पाउनेछन्। यता, पाकिस्तानका खेलाड़ीहरू उक्त पीचमा नै अभ्यास गरे। एक सातादेखि पाकिस्तानले बर्मिङ्घममा डेरा जमाएर बसेको छ। यसै मैदानमा आइतवार भारत-पाकिस्तानबीच हाई भोल्टेज म्याच खेलिनेछ। यसको एकदिन अघि अर्थात् शनिवार मात्र भारतीय टीमले मेन पीचमा अभ्यास गर्ने मौका पाउनेछ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन