दिल्ली-एनसीआरमा भुइँचालोको झट्का

एजेन्सी नयाँ दिल्ली।

दिल्ली-एनसीआरमा शुक्रवार सखारै भुइँचालोको झट्का महसुस गरियो। रिपोर्टअनुसार आज बिहान 4.27 बजी भुइँचालोको झट्का महसुस गरिएको हो। रिक्टर स्केलमा भुइँचालोको तीव्रता 5 नापिएको छ। हरियाणाको रोहतकमा यो भुइँचालोको केन्द्र रहेको बताइँदैछ। भुइँचालो आएको थाह पाउनेबितिक्कै गहिरो निन्द्रामा रहेका मानिसहरू डरले घरबाहिर निस्के। समाचार तयार लेखुञ्जेलसम्म धनजनको क्षति भएको खबर छापामा आएको थिएन। राजधानीसित जोड़िएको हरियाणाको रोहतक जिल्लामा केन्द्र रहेको भुइँचालोले संलग्न क्षेत्रलाई हल्लायो। यो जिल्लाको खरखोदा नामक स्थानमा जमीनदेखि 22 किलोमीटर मुनि केन्द्र रहेको बताइँदैछ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन