श्रमिकहरूले गरे प्रबन्धक घेराउ

मनोहर शर्मा

मिरिक, 2 मई 2017


मिरिकको सिँगबुली चियाबारीका श्रमिकहरूद्वारा आज विभिन्न सहुलियतहरू मालिक र प्रबन्धक पक्षले नदिएको भन्दै आज श्रमिकवर्गले चियाकमानका प्रबन्धकलाई घेराउ गरेका छन्। उनीहरूले प्रवन्धकको विरुद्धमा व्यापक नाराबाजी पनि गरे।

श्रमिकहरुको खर्च, राशन, स्वास्थ्य सम्बन्धी सेवा घर चियारङ, तिरपल, झोली, दाउराको पैसा आदि सहुलियतहरू समयमा नदिएकोले श्रमिकवर्ग आक्रोशित बनेका छन्।

उनीहरूले आज कमानको गोदाममा नै लामो समयसम्म प्रबन्धक सतिस मन्त्रीलाई घेरेर राखे भने शीघ्र न्याय दिनुपर्छ भन्दै नाराबाजी गरे। उता कमानका प्रबन्धक सतिस मन्त्रीले  बताएअनुसार यी सबै सहुलियत बिषयमा ट्रेड युनियनसँग सभा बसेर तीन महिनाभित्रमा सहुलियतहरू उपलब्ध गराइने सम्झौता भसकेको बताए।

‘अहिले कमानको उत्पादनमा कमी आएको कारणले समस्या उत्पन्न भइरहेको छ,’ उनले भने, ‘यसबारे युनियनले श्रमिकहरुलाई बताउँनु पर्ने हो तर आजको यो घटना कसरी भयो त्यो मलाई थाहा छैन।’ उनले उत्पादन हुँदा श्रमिकहरुलाई समयमा सहुलियतहरू प्रदान गरिएको बताउँदै हाल विभिन्न कारणले चियाको बजार व्यवसाय राम्रो नभएकोले नै यो समस्या देखापरेको पनि बताए।

‘यी समस्याहरूको समाधान गर्न म पूर्णरूपमा प्रतिबद्ध छु,’ उनले भने, ‘श्रमिकहरू ट्रेड युनियनहरूले नबताएकोले समस्या अघि आयो। उप्रान्त कसैको भरोसामा नबसेर समस्या समाधानको निम्ति आफै सडकमा आउँछु।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन