जाप भातृ सङ्गठनका एक सदस्य पक्राउ

खबरम्यागजिन प्रतिनिधि

कालेबुङ, 2 जुन 2017


हाइवे जनचालक सङ्गठनका अध्यक्ष रत्नबहादुर तामाङलाई रम्फु (बङ्गाल) पुलिसले पक्राउ गरेको छ। आज विभिन्न मुद्दाहरूको सुनवाईको निम्ति आरोपी तामाङलाई कालेबुङ न्यायलयमा उपस्थित गराइयो।

जनचालक सङ्गठनले ट्रक मालिकहरूसमक्ष विभिन्न मागहरू गर्दै त्यसको समाधान गर्न 26 मईसम्म अन्तिमेत्थम दिएको थियो। सङ्गठनले चालकहरूको न्युनतम् वेतन मासिक 10 हजार हुनुपर्ने, वार्षिक बोनस थप 10 हजार दिइनुपर्ने, खानेखर्च लगायतका माग गरेको थियो। यद्धपि 26 मईसम्म पनि मालिकपक्षबाट कुनै आश्वासन नपाएपछि 27 मईदेखि सम्बन्धित सङ्गठनका चालकहरूले वाहन नचलाउने भन्दै भोकहड्ताल गरिरहेको थियो, जो 30 मईको दिन स्थगित गरिएको थियो।

मालिकपक्षले दावेदारी चालकहरूविरुद्ध ट्रक चोरी, ट्रकमा रहेका सामानहरू बिग्रिएकोजस्ता आरोपमा रम्फु थानामा प्राथमिकता दर्ता गरेपछि मुद्दाले गम्भीरता पक्रिएको थियो। यता चालकहरूले पनि मालिकपक्ष विरुद्ध काउन्टर मुद्दा दर्ता गरेपछि विषय झनै गम्भीर बनेको थियो।

मालिकपक्षले गरेको प्राथमिकताको आधारमा नै हिजो रत्नबहादुर तामाङलाई पक्राउ गरेर कालेबुङ थाना ल्याइएको थियो, उनलाई आज न्यायालयमा प्रस्तुत गरियो।

जन चालक सङ्गठन, जन आन्दोलन पार्टीको भातृ सङ्गठन हो। जन आन्दोलन पार्टीका अध्यक्ष डा. हर्कबहादुर छेत्री 30 मईको दिन अनशनस्थल पुगेका थिए। मालिक अनि चालकहरूबिचको समस्या समाधान गर्न सकिने भएपनि यसो हुन नसकेको उनले बताएका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन