शैक्षिक संस्थानहरू खोल-हिल तृणमूलः ‘गोजमुमोले विद्यार्थीहरूको भविष्य अन्धकार बनाउँदैछ’

निर्माण थापा

खरसाङ, 2 जुन 2017


पहाडमा शैक्षिक संस्थानहरु खोलिनु पर्ने मागमा हिल तृणमूल काङ्ग्रेसले आज खरसाङ बजारमा ऱ्याली निकाल्यो। टुरिस्ट लजबाट शुरु भएर बजार परिक्रमा गरी मोटर स्ट्याण्डमा पुगी पथ सभामा रुपान्तर भयो। जसलाई हिल तृणमूल काङ्ग्रेस खरसाङका चेयरम्यान प्रदीप प्रधान, शिलु मोक्तान, खरसाङ खण्ड सभापति समृत छेत्रीले सम्बोधन गरे।

‘गोजमुमोले भाषाको नाममा राजनीति गरेर पहाडका विद्यार्थीहरूको भविष्य अन्धकार बनाइरहेको छ,’ प्रदीप प्रधानले भने, ‘बङ्गला भाषा अनिवार्य नभएर अप्सनल मात्र हो। भाषाको विवादलाई राम्ररी बुझ्नु पर्छ। यसलाई लिएर राजनीति गर्नु राम्रो होइन।’

पहाडमा गोजमुमोले भ्रम फैलाइरहेको बताउँदै पहाडका तीनजना विधायकहरुले विधानसभामा किन विरोध जनाउँदैन भनेर प्रश्न पनि गरे। ‘विगत नगरपालिका चुनाउमा पनि मोर्चाले बङ्गाल बनाम गोर्खाल्याण्ड भनेर भोट जित्ने कुटनीति गऱ्यो,’ उनले अझ भने, अहिले फेरि बङ्गला भाषाको विरोध गर्दै भाषा र जातिको कुरा गर्दै पार्टी बचाउने कार्य गरिरहेको छ।’

उनले आफ्नो स्वार्थ पुरा गर्न मोर्चाले विद्यार्थीहरूको भविष्यसित खेलवाड गर्न नहुने भन्दै सम्पूर्ण शैक्षिक संस्थानहरू खुला गर्नुपर्ने बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन