डुवर्समा पनि प्रतिवाद शुरु

खबरम्यागजिन प्रतिनिधि

डुवर्स, 3 जुन 2017


बङ्गाल सरकारले सबै स्कूलहरूमा बङ्गला भाषा अनिवार्य रूपले पढ्न पर्ने घोषणाको विरोधमा गोजमुमोले पहाड़सँगै अब डुवर्समा पनि आन्दोलन चर्काउने भएको छ। आज ओदलाबारी ग्राम पञ्चायत अन्तर्गत पर्ने पत्थरझोड़ामा स्थानीय गोजमुमो समर्थकहरूले पोस्टर टास्ने अनि ऱ्याली निकाल्दै जोरदार विरोध गरे।

पत्थरझोड़ा गोर्खा जनमुक्ति युवा मोर्चा अनि विद्यार्थी मोर्चाका समर्थकहरूले पत्थरझोड़ाको विभिन्न स्थानहरूमा बङ्गला भाषा अनिवार्यको जोरदार विरोध गर्दै पोस्टरहरू टाँसे। पत्थरझोड़ाको शिरूबारी लाईनबाट एउटा ऱ्याली पनि निकाले। पत्थरझोड़ा मोर्चा नेताहरूले भने, पश्चिम बङ्गाल सरकारद्वारा सबै स्कूलहरूमा बङ्गला भाषा अनिवार्य रूपमा पठन-पाठन गर्नु पर्ने घोषणा गरेको छ। जसको हामी घोर विरोध गर्दछौँ। तिनीहरूले भने,यसैको विरोधमा आज पत्थरझोड़ामा कालो झण्डाहरू पनि लगाइयो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन