नेपाल आइडलका प्रतिस्पर्धी र निर्णायकले सँगै गाएको गीत चर्चामा (भिडियोसहित)

खबरम्यागजिन प्रतिनिधि

काठमाडौँ, 3 जुन 2017


पछिल्लो समय चर्चामा आएको शो हो नेपाल आइडल। त्यस्तै चर्चामा आएको चलचित्र हो प्रेमगीत २। प्रेमगीत २ को मोटरसाईकलमा नामक गीतमा नेपाल आइडलका निर्णायक इन्दिरा जोशी र सहभागी प्रतिस्पर्धी प्रताप दासको संयुक्त स्वर रहेको छ। नेपाल आइडल शुरु हुनु पूर्व नै रेकर्ड गरिएको यो गीतमा व्यवसायिक सहकार्य गरेकी इन्दीरा जुरी सदस्य बनेर जब नेपाल आइडलमा छिरिन् तब उनले प्रतापलाई प्रयोगीकोरूपमा देखिन्, प्रतापलाई देखेर उनी अचम्भमा परिन्।

किनकी उनलाई निर्णय गर्न गाह्रो थियो सहकर्मीलाई कसरी कमेन्ट गर्ने?
नेपालमा चलचित्रको पार्श्व ध्वनिमा पछिल्लो समय एकछत्र राज गर्न सफल बनेका कार्कीले सङ्गीत गरेको यो डेव्यु गीत हो। हाल युट्युबमा टेण्डिङमा रहेको यो गीत दर्शकमाझ लोकप्रिय बनेको छ। गायक दासले यस अघि पनि नाई नभन्नु ल-३-मा मेलिना राईसँगको युगल स्वरमा रहेको अलिकति स्वीट अलिकति हट बोलको गीतले पनि चर्चा पाइसकेको थियो। यो गीतको पनि पोजेटिप फिडव्याकले सङ्गीतकार कार्की भनै सन्तुष्ट रहेका छन्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन