गङ्गा दशहरा पालन

खबरम्यागजिन संवाददाता

कालेबुङ,  3 जुन।


मानव उत्थान सेवा समितिद्वारा आज गङ्गा दशहरा पर्व पालन गरियो। यस अवसरमा समितिका युवा एकाईँद्वारा शहरमा आहोर-दोहोर गर्ने मानिसहरूलाई पेयजल वितरण गरिएको थियो। मुख्य गरेर आजका दिन राजा भगिरथले तपस्या गरेर गङ्गालाई स्वर्गबाट धरतीमा ल्याएको विश्वास रहँदै आएको छ। यसै धार्मिक विश्वासका आधारमा मानिसहरूमा आध्यात्मिक चेतना बाँड्ने उद्देश्यले ज्ञानको प्रतिकस्वरूप जल वितरण गर्न सद्गुरूदेव सत्पाल जी. महाराजको निर्देश रहेका कारण आजका दिन भारतका विभिन्न ठाउँहरूमा गङ्गा दशहरा पर्व पालन गर्दै पेयजल वितरण कार्यक्रम भइरहेको गणेश खतिवडाले बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन