करेन्ट लागेर युवकको मृत्यु

खबरम्यागजिन संवाददाता

कालेबुङ,  3 जुन।


बिजुली मरमत्ति गर्ने क्रममा एक युवकको मृत्यु भएको घटना अघि आएको छ। स्थानीय बोङ्बस्तीमा बिजुली मरमत्ति गर्दै गर्दा स्थानीय राजेन छेत्री(37) को घटनास्थलमा नै मृत्यु भएको हो। घटना अनुसार क्षेत्रमा बिहिबारदेखि विजुली सर्वराह ठप्प बनेको थियो।

यसैले आज बिहानैदेखि ठेकेदार सञ्जोग सिन्हालको देखरेखमा बिजुली मरमत्ति कार्य चलिरहेको थियो। यसै अवधि आज दिउँसो लगभग 11 बजीतिर पोलमा चढेर बिजुली मरमत्ति गर्ने क्रममा छेत्रीको मृत्यु भएको बताइएको छ। छेत्रीको मृत्युपछि उनको शव कालेबुङ जिल्ला अस्पतालमा पोष्टमर्टमपछि परिवारालाई सुम्पिएको छ।

यस सम्बन्धमा ठेकेदार सञ्जोग सिन्हालले  भने अनुसार बिजुली बिग्रिएको समय उनीहरू सँधै कामको चापमा हुन्छन्। उनीहरूसित 12 देखि 15 जना युवकहरू काम गर्छन्। कोही काम सिकिसकेका अनुभवी हुन्छन् त कोही काम सिक्दै गरेकाहरू हुन्छन्। काम सिक्दै गरेकाहरूलाई लाइसिन्स दिएको हुँदैन। यसैलाई उनीहरूलाई पोलमा चड्न दिइँदैन।

यद्यपि कुनै समय कामको चापका कारण  काम सिक्दै गरेकाहरू पनि पोलमा चड्नुपर्ने अवस्था आउने गरेको भन्दै यो घटना पनि त्यस्तै भएको हुनसक्ने उनको भनाइ छ। उनले यस घटनाबारे ठिक जानकारी लिएर आफ्नो पक्षबाट सक्दो सहयोग गर्ने उनले बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन