भाषाको मुद्दालाई तृणमूलले जोड्यो जीटीए चुनाउसित

खबरम्यागजिन संवाददाता

मिरिक, 3 जुन


बङ्गला भाषा अनिवार्य गराउने राज्य सरकारको निर्णय विरूद्ध गोर्खा जनमुक्ति मोर्चाले सडक आन्दोलन शुरू गरिसकेको छ। मोर्चाले भाषिक मुद्दालाई उठान गरेर आन्दोलन नै छेडिरहेको घटनालाई हिल तृणमूल कङ्ग्रेसले जीटीए चुनाउसित जोडेर हेरेको छ। गोर्खा जनमुक्ति मोर्चाले जीटीए चुनाउ जित्न नै भाषाको मुद्दा उठान गरिरहेको हिल तृणमूल कङ्ग्रेसको भनाइ छ। दलका दार्जीलिङ जिल्ला कमिटीका अध्यक्ष राजेन मुखियाले मोर्चाले भाषिक अतिक्रमणको मुद्दा लिएर जीटीए चुनाउ जित्ने प्रयास गरिरहेको आरोप लगाए।

राज्यले बङ्गला भाषालाई अनिवार्य बनाउने कुनै अधिसूचना जारी नगरेको बताउँदै पहाडका शिक्षकहरूले मोर्चाको होहोरीमा लागेर सडकमा उत्रिनुको सट्टा विमल गुरुङलाई बङ्गला भाषा अनिवार्यताको अधिसूचना माग्नुपर्ने उनको भनाई छ। उनले विमल गुरुङलाई 2010 मा गोर्खाल्याण्ड ल्याउने बाचा गरेर पनि पूरा नगरेको बताउँदै पैदल यात्रा गरेर गोर्खाल्याण्ड नआएसम्म घर नजाने अन्तिम चरणको आन्दोलनको फल के भयो? भनी प्रश्न गरे।

मुखियाले 5 जुनको दिन मुख्यमन्त्री ममता ब्यानर्जीले मिरिकमा आएर मिरिकवासीलाई नगरपालिका चुनाउमा तृणमुललाई जिताएकोमा धन्यवाद ज्ञापन गर्ने बताउँदै उनले मिरिकलाई विकासको उपहार पनि प्रदान गर्ने बताए। मुखियाले मुख्यन्त्रीको आगमनरको तयारीस्वरूप झण्डा लगाउने, फ्लेक्स लगाउने आदि कार्यहरू भइरहेको बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन