
- खबरम्यागजिन संवाददाता
पुष्पण प्रधान, आजका पुस्ताका मर्नेपर्ने गायकहरूमा पर्छन्। उनको पन्छी, बुढाबा, धिनधिना, बाबुको जुङ्गो लगायतका गीतहरू चर्चित छन्। जिन्दगी रक्स-मा माया माया बोलको
गीतबाट सिने संसारमा छिरेका पुष्पण प्रधानलले सुविन भट्टराईको उपन्यासमा आधारित चलचित्र ‘समर लभ’-मा सङ्गीत दिइरहेका छन्।
समरलभमा कस्तो भूमिका हो?
मेरो सङ्गीतकार, शब्दकारको भूमिका हो। तरर केही गीत गाएको पनि छु।
समर लभमा नै त तपाईँको गीत सङ्गीत पहिलो होइन नी?
जिन्दगी रक्स-मा माया माया गीत गाएको छु। यो फिल्ममा दिइएको आश्वासन अनुसार केही भएन। गीत आफैमा रा

म्रो भएकोले पछि यसलाई ओएसटी-को रूपमा भिडियो बनाएर चाहीँ निकाले र राम्रो रेस्पन्स पनि भयो।
समरलभमा होल सङ्गीत दिनुहुँदैछ, कस्तो फिल छ?
म धेरै डराइराछु।
किन?
किनकि नेपाली गीत सङ्गीतको स्तर र पपुलारिटी निकै बढेको छ।
भनेजस्तो दिन सक्दिन कि लागेको हो?
समर लभ सुविन भट्टराईको त्यसै चर्चित उपन्यास हुन्, कि त्यो चर्चालाई सुहाउने सङ्गीत, शब्द, गीत हुन्छ कि हुन्न भन्ने कुरामा मलाई डर छ। तर मेहनत सक्दो गरेको छु। सबैले गरेका छन्।
तपाईँको जनर त सुफी हो, त्यही फ्लेबर आउँछ?
मेरो कम्पोजर र शब्दकारको जनर सुफी नै त होइन। त्यो पक्कै भर्सटाईल छ, तर आवाजको फ्लेवर त्यस्तो हुन सक्छ। त्यसैले यहाँ सुफी फ्लेबर पनि छ, लोक पनि छ, मर्डन म्युजिक पनि छ।
पुष्पण प्रधान अब फिल्मतिर लागेको हो?
फिल्मको काम गर्ने इच्छा थियो जीवनमा। बस् मनको कोटा नपुन्जेल गर्छु। त्यसपछि गर्दिन। म सधैँ यथार्थवादी र प्रगतिवादी गीत सङ्गीततिरै आफ्नो ध्यान केन्द्रित राख्छु र त्यही गर्छु।
फिल्म चल्यो भने त तपाईँको माग बढ्ला नी त फेरि

हाहा त्यो अपेक्षा साँचेको छैन। बस् काम राम्रो होस् भन्ने सोचेको छु। माग बढ्ने र नबढ्ने कुराले मेरो मनले खोज्ने गीत-सङ्गीत र मेरो धार परिवर्तन अब चाहीँ पक्कै गर्दैन। काम मागे काम दिने हो आदर्श र बिचार अब परिवर्तन नगर्ने।
भारतबाट नेपालको फिल्ममा सङ्गीत दिने चान्स कमैले पाउँछ, तपाईँले कसरी पाउनु भो?
मैले मेरै गीतहरूले सम्पर्क गऱ्यो। यद्धपि गीत खोज्दा मेरो नाम भनिदिने र भेटाइदिने साथीहरूको पनि ठूलो हात छ। बाँकी त आफ्नै मेहनत र मलाई काम दिने मेरो टीमको सदस्यहरूको विश्वासले समर लभसित जोडिएँ।
व्यवसायिक कुरा कस्तो छ त?
मलाई फिल्मका निर्देशक आदरणीय मुस्कान ढकाल सर, स्क्रिप्ट राFटर सामिप्य तिमल्सिना दाई सबैले धेरै माया र विश्वास गरे। आर्थिक सन्दर्भमा त्यसैगरी, जसरी व्यवसायिक कामकाज हुन्छ।
अरु फिल्मतिर पनि हात हालिएको छ?
हात हालिएको छ तर समर लव भन्दाअघि मेरा कुनैपनि काम फिल्ममा आउँने छैन किनकि हामी अनुबन्धित छौ। त्यसैर अरू फिल्मको नाम पनि गोप्य नै राखे है। काम चलिराछ
कतिवटा गीत छ फिल्ममा?
चारवटा। बढ़्नसक्ने सम्भावना छ।कथाले मागेनुसार।
काम कति सकियो?
७० प्रतिशत।
तपाईँलाई निक्कै उत्सा हित देखिँदैछ नी।
उत्साहित त के भन्ने। त्यो पनि छ अलिअलि। सबैभन्दा ठूलो टीमलाई सपोर्ट हो टिमवर्क हो। गर्नुपर्ने सकेसम्म गर्नैपर्छ जसले जे सम्झे नि। त्यो मेरो निम्ति होइन हाम्रो निम्ति गरेको हो।