चरामित्रहरूसित

राजेन मोक्तान


सालबारी छेउ चम्टा विट फारसबाट हर साँझ अनेक गरीब स्त्रीहरु झिक्रोमिक्रोका भारीहरु बोकेर आफ्ना आफ्ना घरतिर लाग्छन्। यही झिक्रोमिक्रोले उनीहरुका घरमा साग भात पाक्छ। पुरुष-स्त्रीको अर्को हुल दिनहुँ फारस पस्छन्, फर्कँदा दाउराका भारी बोकेर फर्कन्छन्। दाउराका यी भारीहरु उनीहरुका घरमा होइन, हाट बजारमा पुग्छ, बेचिन्छ।

दाल-चामल, तेल, सब्जी किनेर दाउरेहरु घर फर्कन्छन्। अर्को दल पनि छ, पुरुष प्रधान दल। यिनीहरु फारसबाट फर्कन्छन् विशेष प्रकारले बनिएको साइकलहरुमा साल, सेगुन वा अन्य रुखहरुका सिङ्गो तनाहरु लादेर।

यो सिलसिला वर्षौदेखि चल्दै आइरहेको छ। फारस बूढो मान्छेको केश जस्तै पत्ला भइसकेको छ। कुनै प्रतिवाद नगरी यसरी पात्लिँदै गइरहेको यस फारसमा पनि हात्ती, चितुवा, मृग एंव विभिन्न प्रजातिका चराचुरुङगीका चहल पहल देखेर म अच्चम्भित भएँ।  हर्षले गदगद बनेँ। प्रतिकूल परिस्थितिमा पनि सङ्घर्ष गर्दै बाँच्न खोज्ने, बाँच्न सक्ने यी प्राणीहरुलाई सलाम गर्न मन लाग्दा क्यामेरा उठाउनु पुगेँ।

सिकारु फोटोग्राफर बन्न पुगेँ। पृथ्वी हाम्रो मात्र नभएर उनीहरुको पनि हो। उनीहरुलाई पनि बाँच्ने अधिकार छ। बाँच्नलाई हामीले उनीहरुलाई पनि मनग्गे स्पेश दिनु सक्नु पर्छ।

मेरो क्यामेरासितको जङ्गल यात्रामा मेरा साथी बन्न आइपुगेका केही चरामित्रहरूको फोटो यहाँ राख्दैछु।


काराङकुरुङ



कोइली


कोकले


हुट्ट


हुट्टिट्याउँ


होङरायो


गोल्डन ओरियल


हउक कुक्कु


जुरेली


लाटकोसेरो

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन