प्लास्टिकको प्रयोगमा प्रतिबन्ध लगाइने

खबरम्यागजिन प्रतिनिधि।

कालेबुङ, 4 जुन।


नव गठित कालेबुङ नगरपालिकाको नयाँ बोर्डले प्लास्टिकको प्रयोगमाथि प्रतिबन्ध लगाउने तय गरेको छ। 5 जुन विश्व पर्यावरण दिवसलाई केन्द्र गर्दै कालेबुङ नगरपालिकाले शहरमा प्लास्टिकको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो। आज एक पत्रकार सम्मेलनको आयोजना गर्दै नगरपालिकाका अध्यक्ष शुभ प्रधानले अबउसो शहरमा प्लास्टिकको प्रयोग नगरिदिन आह्वान गरेका छन्।

अहिले नगरपालिकाद्वारा प्लास्टिक प्रयोग नगरीदिन मौखिक रूपमा आह्वान गरेको भए पनि पछिबाट नगरपालिकाले अधिसूचना नै जारी गर्ने प्रधानले बताए। उनले विश्व पर्यावरण दिवसलाई केन्द्र गर्दै सम्पूर्ण वार्ड पार्षद्-पार्षदिका एवं नगरवासीलाई क्षेत्रको परिवेश स्वच्छ राख्न आह्वान गरेका छन्। यसका अतिरिक्त बाह्रौँ श्रेणी उत्तिर्ण गरेका विद्यार्थीहरूका अनलाइन मार्फत कलेजको भर्नमा पनि नगरपालिकाले निःशुल्क रूपमा व्यवस्था मिलाएको पनि प्रधानले जनाए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares