आन्दोलन जारी रहन्छ, मुख्यमन्त्रीलाई देखाइयो कालो झण्डाःविमलले पत्याएनन् मुख्यमन्त्रीको बयानलाई

खबरम्यागजिन प्रतिनिधि

दार्जीलिङ, 5 जून।


गोजमुमोले मुख्यमन्त्रीको मौखिक बयानलाई पत्याएन। यसैले यदि बंगला भाषालाई अनिवार्य नगरिने प्रस्तावलाई राज्यको क्याविनेट मन्त्री मण्डलको बैठकमा पारित गरिए मात्रै यसलाई स्वीकार गर्ने गोजमुमो अध्यक्ष विमल गुरूङले आज राती पत्रकारहरुअघि आफ्नो मत स्पष्ट पारे।

आज राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीले मिरिकमा एक जनसभालाई सम्बोधन गर्दै दार्जीलिङ पहाड़मा बंगला भाषालाई अनिवार्य नगरिने अनि यसलाई ऐच्छिक भाषाको रूपमानै राखिने बताएकरी थिइन्, यसै सम्बन्धमा गोजमुमो अध्यक्ष विमल गुरूङसित सोध्दा उनले मुख्यमन्त्रीको मौखिक बयानलाई नपत्याउने बताउँदै यस विषयको प्रस्तावलाई क्याविनेट बैठकमानै पारित गरिए मात्रै पत्याउन सकिने बताए।

यसैले गोजमुमोले थालेको आन्दोलनलाई उनले फिर्ता नगर्ने पनि स्पष्ट संकेत दिए। यति मात्रै होइन, गोजमुमो अध्यक्ष विमल गुरूङले आगामी 10-15 दिनभित्रै जीटीए सभासदहरुले पनि राजनीनामा दिनसक्ने संकेत दिंदै अब भाषाको आन्दोलन गोर्खाल्यान्डको आन्दोलनमा परिणत भइसकेको पनि अवगत गराए। उनले एक प्रश्‍नको उत्तरमा भने-मिरिकवासी जनतालाई राज्य सरकारले केवल 5 डेसिमल जमीन दिने योजना बनाएको छ।

तर यदि यो जमीन उनीहरुलाई दिइन्छ भने पहाड़का अन्य 86 वटा चियाबगानका श्रमिकहरुलाई पनि उनीहरु बस्दै आएको जमीनको पर्जा-पट्टा दिनुपर्छ। यदि यसो गर्दैन भने गोजमुमोले न्यायालयको सहारा लिनेछ। यसैबीच, आज राती स्थानीय गोर्खा रङ्गमन्च भवन परिसरमा मुख्यमन्त्रीलाई विरोध प्रदर्शन गर्ने लक्ष्य राखेर कैयौं गोजमुमो समर्थकहरु यहाँ भेला भएका थिए, जसलाई पुलिसले हटाउन खोज्दा यहाँको स्थिति तात्तिएको थियो। यसैबीच, राज्यकी मुख्यमन्त्री ममता व्यानर्जी गोर्खा रङ्गमन्च भवनअघि आइपुगिन्।

उनी जस्तो गोर्खा रङ्गमन्च भवनअघि आइन्, त्यस्तै गोजमुमो समर्थकहरूले कालो झण्डा देखाउँदै ममता व्यानर्जी गो व्याक, वी वाण्ट गोर्खाल्यान्डको नारा बुलन्द पारे। तरै पनि व्यापक पुलिस बलको तैनाथी अनि उनीहरुको सक्रियताले यहाँ कुनै ठूलो झमेला हुन पाएन। तरै पनि ममता व्यानर्जी गो व्याक र वी वाण्ट गोर्खाल्यान्डको नारा मुख्यमन्त्रीले स्पष्ट सुनिन्।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन