पूर्णसिंह राईलाई नछोडिए 7 जुन मिरिक-सौरेनी बन्द हुने

मनोहर शर्मा

मिरिक,5 जुन 2017


आज मुख्यमन्त्री ममता व्यानर्जीको वाहन लश्करलाई कालो झण्डा देखाएर बिरोध जनाएको अभियोगमा पक्रा परेका मोर्चा सौरेनी समष्टिका महासचिव पूर्णसिंह राईलाई यदि पुलिसले 6 जूनको साँझ 6 बजेसम्म बिनाशर्त नछोडे 7 जूनको दिनदेखि चौबीस घण्टा सौरेनी मिरिक बन्द गरिने चेतावानी मोर्चा केन्द्रीय सह सचिव बिनय तामाङले दिएका छन।

उनले गणतन्त्रमा कालो झण्डा देखाएर बिरोध प्रदर्शन गर्न पाउँने बताउँदै मुख्यमन्त्रीको लश्करलाई केवल कालो झण्डा देखाएको तर कुनै दङ्गा फसाद नगरेको बताउँदै पूर्णसिह राई निर्दोष रहेकोले उनको रिहा शीघ्रै हुनुपर्ने माग गरेका छन्।

तामाङले मुख्यमन्त्री ममता व्यानर्जीले भाषा सम्बन्धी स्पष्ट अडान नराखेको बताउँदै तेस्रो भाषा कहिल्यै ऐच्छिक नहुने अनि यसलाई पनि मोर्चाले नमान्ने बताए। उनले भाषिक अतिक्रमण विरूद्धमा ऱ्याली, जुलुस 8 जुनसम्म निरन्तर जारी रहने बताए। उनले पर्जा पट्टा नगरपालिकावासीलाई मात्र होइन तर सम्पूर्ण चियाकमानवासीलाई पनि दिइनुपर्ने माग गर्दै मदन तामाङ हत्याकाण्डको जाँच सीआइडी र सीबीआइले गरिसकेको हुनाले अब यो केशमा कोर्टको मात्र निष्कर्ष रहने अनि यसमा मुख्यमन्त्रीलाई बोल्ने कुनै नैतिक अधिकार नरहेको बताए।

‘तृणमूल सरकार स्वंय शारदा र नारदा काण्डमा संलग्न रहेको छ त्यसमा हामीले कुनै प्रतिक्रिया दिएका छैनौ,’ तामाङले भने, ‘कोर्टको मामिलामा कसैको हस्तक्षेप रहनु ठिक होइन।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन