दार्जीलिङ सरकारी महाविद्यालयमा पर्यावरण दिवस पालन

खबरम्यागजिन प्रतिनिधि

दार्जीलिङ, 5 जुन 2017


दार्जीलिङ सरकारी महाविद्यालयमा आज विश्व पर्यावरण दिवसको अवसरमा महाविद्यालय एन.एस.एस. युनिटको तत्परतामा विश्व पर्यावरण दिवस पालन गरियो। एन. एस. एसका सदस्य विद्यार्थीहरू, महाविद्यालयका भारप्राप्त प्राचार्य डा. प्रज्जवल चन्द्र लामा, शिक्षक संसदका महासचिव प्रा. कबीर बस्नेत दार्जीलिङ सरकारी महाविद्यालय एन.एस.एसका कार्यक्रम निर्देशक अनि भूगोल विभागका प्रा. सोनम लामा, अङ्ग्रेजी विभागका, प्रा मन्दिरा घिसिङ, प्रा. प्रियङ्का राई, अर्थशास्त्र विभागकी प्रा. सुधा राई आदिको उपस्थितिमा महाविद्यालय परिसरमा वृक्षरोपण गरियो।
साथै महाविद्यालयका अङ्ग्रेजी विभाग परिसरमा अवस्थित फुलबारीलाई साफ सफाइ गरियो। एन. एस. एसका कार्यक्रम निर्देशक सोनम लामाले विद्यार्थीहरू अनि समाजलाई पर्यावरणबारे सचेतता फैलाउनु एन.एस.एसले यस्ता कामहरू अनवरत रूपले गरिरहेको बताए। प्रा. लामाले जनाएअनुसार विश्व पर्यावरण दिवस संयुक्त राष्ट्र पर्यावरण अभियान अन्तर्गत एउटा ठूलो कार्यक्रम हो।

प्रत्येक बर्ष विभिन्न देशहरूले आ-आफ्ना देशहरूमा मेजमानी गर्ने गर्छन्।
यस यस बर्षको संयुक्त राष्ट्र पर्यावरण अभियानको मेजबानी क्यानाडाले गरिरहेको छ। यस बर्षको मुख्य प्रकरण (theme) मान्छेलाई प्रकतिसँग जोडनु (Connecting people to nature) रहेको छ। आजको उपभोक्तावादी संस्कृतिले कसरी पर्यावरणको हानि भइरहेछ अनि कहाँसम्म यसलाई रोक्न सकिन्छ यस विषयमा संयुक्त राष्ट्रले बर्ष भरि नै विभिन्न कार्यक्रमहरू सम्पन्न गर्ने गर्छ।

प्रा. लामाले आजको कार्यक्रमबारे जानकारी दिँदै पहाडी क्षेत्रमा जुनप्रकारले शहरीकरण बढ्दैछ अनि वरिपरिका जङ्गलको नाश भईरहेछ त्यसको कारण यस क्षेत्रमा निकट भविष्यमा ठूलो पर्यावरण सङ्कट आउन सक्ने सम्भावना रहेको छ।
मान्छे प्रकृतिकै एक अङ्ग भए पनि आज प्रकृतिदेखि टाढा भएको छ। प्रकृतिसँग मान्छे जति नजिक हुन्छ प्रकृतिको संरक्षण त्यति बडी हुन्छ यसकारण आजको युवाहरूलाई प्रकृतिसँग जोडने काम सबै तहबाट हुनुपर्छ, यो कार्यक्रम यस्तै एउटा सानो प्रयास हो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन