रिम्बिक साई सेवा समितिको आयोजनामा नि:शुल्क स्वास्थ शिविर

सञ्जय निरौला

रिम्बीक, 5 जुन 2017


श्री सत्य साई सेवा समिति रिम्बिक आयोजनामामा रिम्बिक साई निलयममा एक दिवसीय चिकित्सा शिविर सम्पन्न भयो। दीप प्रज्ज्वलन अनि ओमकारम पछि बिहान ८ देखि 3 बजी सम्म सम्पन्न यस शिविरमा लगभग एक हजार विमारीहरूले आफ्ना रोगहरूको जाँच गराएर औषधि र रोग सम्बन्धी डाक्टरहरूबाट उचित परामर्श प्राप्त गरे।

शिविरलाई सफल गराउन दार्जीलिङबाट विभिन्न रोग विशेषज्ञहरू क्रमैले डा. देवान, डा. ए. शाहा, डा. बाग, डा. दावा (साधारण रोग विशेषज्ञहरू), डा. याल्मो (हड्डी), डा. छिरिङ, (स्त्री रोग), डा. छितेन (बाल-रोग), डीआर. एन. भूटिया, (दाँत), डा०ग्याछो(आँखा), डा.बर्मण(सर्जन), डा. सुमन प्रधान अनि सहयोगीहरू उपस्थित रहेका थिए। शिविरमा रिम्बीक-लोधोमा क्षेत्रका प्राय:सबै दुर्गम गाउँ-बस्तीहरूबाट विमारीहरू उपस्थित रहेका थिए।

गोर्खे समानदेन, रम्मामदेखि फेदिखोला हट्टा, स्याङ्बो, काङ्केबुङ आदि टाड़ा- टाड़ाका गाँउ-बस्तीहरूबाट विमारीहरू रोग जचाउन आएका थिए। शिविरको अन्तमा डा. देवानले रोगहरूको सम्बन्धी कसरी सचेत बन्नुपर्ने विषयमा जानकारी दिए भने डा. दावाले रिम्बीकमा रोगीहरूका निम्ति अस्पतालको आवश्यकतामाथि जोर दिँदै यस विषय सरकारसमझ जानकारी रहेको अनि यो काम चाँड़ै हुने जान्नमा आएको बताउँदै यस क्षेत्रका सबै नेतृत्ववृन्द र बुद्धिजीविहरू अघि आउनुपर्ने आह्वान गरे।

जिल्ला साई सङ्गठन मेडिकल कोडिनेटर डा, सुमन प्रधान र विजनबारी क्षेत्र 5 को दायित्ववाहक मनोज शर्मा पक्षबाट सबै चिकित्सक टोली र रिम्बीक समितिलाई सफल आयोजनाको निम्ति धन्यवाद जनाए। यस आयोजनामा समितिका 108 सेवादलले सेवा दिएको सेवादल समिति संयोजक छिरिङ लेप्चालले जनाए। यसप्रकारको आयोजना गर्नमा भविष्य दायित्वतवाहकहरू ओम प्रधान, एसके प्रधान, मणी प्रधान, डीबी राई सक्रिय रहेको थिए भनी समितिका सदस्य कमल भट्टराईले जानकारी दिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन