कालिझोडामा पनि प्रतिवाद प्रदर्शन

खबरम्यागजिन प्रतिनिधि

हाइवे, 5 जुन 2017


गोर्खा समुदाय माथि राज्यले भाषिक अतिक्रमण गर्ने प्रयास गरिरहेको सन्दर्भमा विरोध जनाउने क्रममा आज गोर्खा जनमुक्ति युवा मोर्चा कालिझोडा शाखाद्वारा गाउँमा पोस्टरिङ अनि पथसभा सम्पन्न गरेको छ।

पथसभालाई सम्बोधन गर्दै युवा मोर्चा प्रतिनिधि राजकुमार राइले जब जब जाति र माटो माथि समस्या आउने गर्छ तब तब कालिझोडा युवा मोर्चा अघि आएको हुन्छ भनी बताएका छन्। उनले राज्य सरकारद्वारा घोषणा अनुरूप पश्चिम बङ्गाल अन्तर्गत रहेका सम्पूर्ण प्राथमिक तहदेखि दशौं कक्षासम्म बङ्गला भाषा अनिवार्य रूपमा पढाइनु पर्ने विषयलाई भाषिक अतिक्रमण बताएको छ। पार्टी प्रतिनिधि अजित प्रधानले पनि बङ्गाल सरकारको यो दमन नीतिको विरोध गरे।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन