झेपीमा विविध कार्यक्रमको साथमा पर्यावरण दिवस

सञ्जय निरौला

बिजनबारी, 5 जुन 2017


पहिले व्यक्ति त्यसपछि परिवार हुँदै समाज तथा राष्ट्रलाई परिवर्तन गराउने मुख्य उद्देश्यले शुरु गरिएको रन फर चेन्ज फाउन्डेसन झेपी गुर्दुमले विविध कार्यक्रमको साथमा विश्व पर्यावरण दिवस पालन गरेको छ।

कार्यक्रममा भूषण छेत्री (थाना प्रभारी पुलबजार) प्रमुख अतिथि थिए। ज्ञानचन्द लामा (प्राचार्य कैजले उच्च विद्यालय) डेबिट राई, सह शिक्षक तथा स्काउट प्रभारी कैंजले उच्च विद्यालय, समाजसेवी रबि प्रधान, पुष्प लामा लगायत लोधोमा उच्च विद्यालयका शिक्षक तथा विद्यार्थीहरु एनडीए कैंजलेका विद्यार्थीहरू तथा शिक्षक कैंजले माध्यमिक विद्यालयका विद्यार्थीहरू अनि सर्वसाधरणको उपस्थिति थियो।

कार्यक्रमको पहिलो चरणमा विद्यार्थीहरुलाई लिएर ३ किलोमिटरको म्याराथन दौडको आयोजना गरियो जसमा लोधोमा माध्यमिक विद्यालयका विद्यार्थीहरू बबिन लिम्बू , फ्रान्सिस विश्वकर्म तथा दिपेन राई पहिलो, दोस्रो तथा तेस्रो भए। उनीहरुलाई पारितोषिक सँगै सम्मान जनाइयो।

दोस्रो चरणको कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूले पर्यावरण सम्बन्धि वक्तव्य, कविता तथा अनुभव बाँडेका समाजिक सञ्जालको दुरुपयोगले समाज दुर्गन्धित भइरहेको डेबिट राईले तर्क राखे।

खाली ठाउँमा बिरुवा रोपन समेत गरिएको कार्यक्रममा थाना प्रभारी शिक्षक तथा खण्ड भूमि विभाग अधिकारी समेतले वक्तव्य राखेका थिए।

सङ्घका सचिव निर्मल छेत्रीले यसै वर्ष शुरु भएको संस्थाले मुख्य रूपमा युवाहरूलाई डोर्‍याउने बताए। अर्कोतिर किसान सङ्घ लोवर बडारेले पनि बिरुवा रोपन सगै सरसफाइ गरेको छ। संस्थाको सभापति मिना शर्माले अगुवाइ गरेको कार्यक्रममा नरमित लेप्चा, माया सुब्बा लगायतको उपस्थित थियो। उनीहरूले सत्सङ मन्दिरदेखि झेपी रोडसम्म लगभग ५०० मिटरमा विभिन्न प्रजातिका फूल तथा  विरुवा सारेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन