कालेबुङ कलेज र क्लूनी महाविद्यालयको फारम जेएसयूले निःशुल्क भर्ने

खबरम्यागजिन प्रतिनिधि

कालेबुङ, 6 जुन 2017


कालेबुङ कलेज पढ्न चाहने विद्यार्थी होस् वा कालेबुङ सरकारी महाविद्यालय जान चाहनेहोस्, विद्यार्थीहरूले यसचोटि अनलाइन मार्फत फारम भर्न पर्ने छ। बजारमा फारम भरे दोबर मूल्य लाग्न सक्ने अवस्थाबीच जन आन्दोलन विद्यार्थी एकाईले निःशुल्क रूपमा नै उक्त फारम भरिदिने घोषणा गरेको छ। नयाँ भर्ना हुने जो कोही विद्यार्थीहरूको निम्ति जाप स्टूडेन्ट यूनियन (जेएसयू)-ले निःशुल्क फारम भरिदिने घोषणा आज जन आन्दोलन विद्यार्थी प्रकोष्ठका अध्यक्ष प्रवीण घिसिङले गरेका छन्।

कलेज अघि उभिनुपर्ने लामो लाइनमा अब कुनै पनि नयाँ विद्यार्थीहरूले उभिनुनपर्ने जनाउँदै उनले अनलाइन फारमलाई जाप विद्यार्थी प्रकोष्ठले निःशुल्क भरिदिने घोषणा गरेका हुन्। यति मात्रै होइन, कलेज भर्नापछि एन्टी रेगिङ फारम भर्ने कार्य पनि जाप विद्यार्थी एकाईले उसरी नै गर्ने उनले बताए।

‘हामी विद्यार्थीहरूलको निम्ति एउटा सहज माहोल बनाउन चाहन्छौं। कलेजमा हुने भ्रष्टाचारलाई उखाल्न चाहन्छौं। यसको निम्ति हाम्रो यूनियन गठन भएपछि धेरैवटा कार्य कलेजमा भइरहेको छ,’ जाप विद्यार्थी प्रकोष्ठका केन्द्रिय अध्यक्ष प्रवीण घिसिङले अघि भने, ‘हाम्रो माग अनुरूप धेरैवटा विषयमा लेक्चररहरू आइसकेका छन्। अब नयाँ विद्यार्थीहरूलाई भर्ना फारमको निम्ति हुने टाउको दुखाइलाई हामी हटाउन चाहन्छौं।’

नयाँ विद्यार्थीहरूको निम्ति दुईदिन अघिबाट कलेज भर्नाको प्रक्रिया शुरू भएको उनले बताए। जसको निम्ति फारम भर्ने कार्य लगातार भइरहेको पनि उनले जनाए। ‘कुनै पनि नयाँ विद्यार्थीलाई निर्धक्क स्टुडेन्ट यूनियनसंग सम्पर्क गर्ने आह्वान हामी गर्छौं। यूनियनका पदाधिकारी लयागत जाप पार्टी कार्यालयमै गएर पनि विद्यार्थीहरूले फारम भर्ने कार्य गर्न सक्ने छन्। ’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन