पन्ध्र दिनभित्रमा सातवटा वार्डका 2,542 जनालाई दिइने पर्जापट्टा

मनोहर शर्मा

मिरिक, 6 जुन 2017


‘सरकारले दिएको पर्जापट्टाको बिरोध तिमी किन गर्छौ? यो जनताले पाएको सुविधा हो।’

मिरिक नगरपालिकाका अध्यक्ष एलबी राईले आज एक पत्रकार सम्मेलनमा मोर्चा अध्यक्ष विमल गुरूङलाई जवाब फर्काए। हिजो राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीले मिरिकलाई एक गुच्छा उपहारको रुपमा विविध परियोजनाको घोषणा गरेपछि आज अध्यक्ष राईले सम्पूर्ण मिरिकवासीको पक्षमा मुख्यमन्त्री ममता व्यानर्जीलाई धन्यवाद दिए।

उनले मोर्चाले पर्जापट्टा तीन महिनाभित्रमा दिनुपर्ने भनेर दिएको चुनौतिलाई इङ्गित गर्दै  राईले भने, ‘एक महिना त के पन्ध्र दिनभित्रमा मिरिक नगरपालिकाको सातवटा वार्डहरूको 2542 जनाको पर्जापट्टा दिन्छौँ, अब तिमी के भन्छौ?’

राईले पर्जापट्टाको वितरणमा पारदर्शिता अप्नाइने अनि कुनै पार्टी नछुट्टाई वितरण गरिने स्पष्ट गरे। जनताको हित अनि मिरिक सुन्दरीकरणको निम्ति अब राज्यले आवण्टित गरेको कोषबाट व्यापक विकास गरिने बताए। आजको पत्रकार सम्मेलनमा नवनिर्वाचित तृणमूलका नगरपालिका उपाध्यक्ष मणिकुमार जिम्बा लगायत अन्य नगरपार्षदहरूको पनि उपस्थिति थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन