बङ्गला भाषा अनिवार्य होइन ऐच्छिक हो- शान्ता छेत्री

निर्माण थापा

खरसाङ, 6 जुन 2017


ज राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीले मिरिकमा बङ्गला भाषा अनिवार्य होइन केवल ऐच्छिक मात्र हो भनेपछि आज दिउँसो खरसाङमा हिल तृणमूल काङ्ग्रेसले पनि बङ्गला भाषा अनिवार्य होइन तर ऐच्छिक मात्र हो भन्दै ऱ्याली अनि पथसभा गरी जनतालाई बुझाउने प्रयास गऱ्यो।

तृणमूलको यो ऱ्याली आफ्नो पार्टी कार्यालय डाउहिल रोडबाट निकालेर मोटर स्ट्याण्डमा पुगेपछि पथसभामा परिणत भयो। हिल तूणमुल नारी अध्यक्षा एंव तृणमूलबाट राज्य सभा सांसद मनोनित शान्ता छेत्रीले पहाडमा गोजमुमोले बङ्गला भाषा अनिवार्य गरिएको भनेर जनतामा भ्रम फैलाइरहेको आरोप लगाइन्। ‘गोजामुमोले यसलाई मुद्दा बनाएर राजनिति गरिरहेको थियो तर अब गोजमुमोले भ्रमको राजनीति गर्न पाउने छैन। अब गोजमुमोले बनाएको भाषाको मुद्दा औचित्यहीन भएको छ,’  किनभने राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीले मिरिकबाट बङ्गला भाषा अनिवार्य होइन तर ऐच्छिक मात्र हो भनी स्पष्ट रुपमा भनेकी छिन्।’

उनले आजको ऱ्याली र पथसभा जनताको तर्फबाट मुख्यमन्त्रीलाई धन्यवाद दिन अनि बङ्गला भाषा ऐच्छिक रहेको भनी जनतालाई सचेत गराउन आयोजना गरिएको बताइन्। मदन तामाङ हत्या काण्ड बारेमा शान्ता छेत्रीले पछिबाट पत्रकारहरुले सोधेको प्रश्नको जवाब दिँदै भनिन, ‘मदन तामाङ पहाडको गोर्खे नेता थिए। तिनको सन् २०१० मा दिउँसै हत्या भएको पनि ७ वर्ष पुग्यो तर उनको परिवारले न्याय पाएको छैन। हामी चाहान्छौं कि हत्याराहरु चाँढै पक्राउ परुन्। उनीहरूले दण्ड पाउनुपर्छ।’

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया