न्यूजील्याण्डलाई पराजित गरी इङ्ग्ल्याण्ड सेमीमा

 कार्डिफ, ७ जून।


आयोजक इङ्ग्ल्याण्ड आईसीसी च्याम्पियन्स ट्रफीको सेमीफाइनलमा पुगेको छ। मङ्गलवार यहाँको सोफिया गार्डन्समा खेलिएको समूह ए –को खेलमा न्यूजील्याण्डमा ८७ रनको फराकिलो अन्तरले पराजित गरी मोर्गन एण्ड कम्पनी सेमीफाइनलमा पुग्ने पहिलो टीम बनेको हो। ३११ रनको विजयी लक्ष्य दिएको इङ्ग्ल्याण्डले कीवी टीमलाई ४४.३ ओभरमा २२३ रनमा अलआउट गरी यो महत्त्वपूर्ण जीत प्राप्त गरेको हो। ब्याटिङका लागि अनुकूल मानिएको पीचमा इङ्ग्लिस बलरहरूले पहिलो ओभरदेखि नै कसिलो बलिङ गरेका थिए।

यद्यपि तीव्र गतिमा चलिरहेको हावा र समय समयमा परेको सिमसिम पानीले पनि उनीहरूलाई सहयोग गऱ्यो। न्यूजील्याण्डका लागि कप्तान केन विलियम्सनले सर्वाधिक ८७ रनको इनिङ्ग्स खेले। उनीबाहेक रोस टेलर ३९ र मार्टिन गुप्टीलले २७ बनाए। पछिल्लो म्याचमा विध्वंसी ब्याटिङ गर्ने ल्युक रोङ्की (०), निल ब्रूम (११), जिम्मी निशम (१८), कोरी एण्डरसन (१०), मिशेल सेण्टनर (०३), एडम मिल्न (१०) र टीम साउथी (०२) सस्तोमै आउट भएपछि न्यूजील्याण्डले यो ठूलो हार बेहोरेको हो।

इङ्ग्ल्याण्डका लागि लियम प्लङ्केटले ४, ज्याक बल र अदिल रसीदले २-२ तथा मनार्क वूड र बेन स्टोक्सले १-१ विकेट लिए। यसभन्दा अघि टस हारेर पहिला ब्याटिङ गर्न परेको इङ्ग्ल्याण्डले ४९.३ ओभरमा सबै विकेट गुमाएर ३१० रन सङ्ग्रह गरेको थियो। आयोजक टीमका लागि जोय रूटले ६४, जोस बट्लरले ६१ (नट्आउट) एलेक्स हेल्सले ५६ र बेन स्टोक्सले ४८ रनको उपयोगी पारी खेले। न्यूजील्याण्डको तर्फबाट कोरी एण्डरसनले ३-३ तथा टीम साउथीले २ विकेट लिए। यो हारसँगै न्यूजील्याण्डको सेमीफाइनलमा पुग्ने बाटो कठिन भएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन