विषालु सर्पहरू उद्दार

नन्दु पौड्याल

डुवर्स, 7 जुन 2017


नगरकट्टा इलाकाको विभिन्न आवासीय क्षेत्रबाट ६ वटा विषालु जातिका सर्पहरू आज उद्दार गरिएको छ। उद्दार गरिएका सर्पहरूमध्ये २ बेन्डेड क्यारेट, २ वटा स्पेकटीकल कोबरा अनि बाँकी अन्यजातिका सर्पहरू रहेका छन्।

स्थानीय सर्प विशेषज्ञ सैयद नैयमले भने, ‘६ वटा विषालु जातीका सर्पहरू नगरकट्टा अनि लुकसान क्षेत्रबाट उद्दार गरियो। चम्पागुडीस्थित मुना प्रसादको घरबाट दुइवटा बेन्डेड क्यारेट, लुकसान बजार रामे प्रधानको घरमा भएको कुखराको खोरबाट एउटा कोबरा अनि बाँकी नगरकट्टा इलाकाको विभिन्न ठाउँबाट उद्धार गरिएको हो।’

सर्पहरू वन विभागलाई सुम्पिने पनि तिनले जनाएका छन्। सैयद नैयम एक जना साधारण लटरी व्यापारी हुन्। तर उनले सर्पहरू पक्रेर धेरै मानिसहरुको ज्यान जोगाएका छन्। तिनले यसलाई पेशाकोरुपमा न लिएर एक सामाजिक कार्यकोर जोखिमपमा लिएर जोखिम उठाइरहेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन