मुख्यमन्त्रीको बयान अन्योलपूर्ण छ- सभासद अनुज थापा

निर्माण थापा

खरसाङ, 7 जुन 2017


हाडमा बङ्गला भाषा अनिवार्य गरिएको विरोधमा मोर्चाले खरसाङमा लगातार  विरोध ऱ्याली निकाल्दै विरोध गरिरहेको छ। आज पनि मोर्चाकै नेतृत्वमा ऱ्याली यहाँको टुरिस्ट लजबाट शुरु भएर मोटर स्ट्याण्डमा पुगेर पथसभामा परिणत भयो। उक्त पथसभामा मुख्य वक्ताकोरुपमा बोल्दै सभासद् अनुज थापाले बङ्गालको अतिक्रमण र अत्याचार अब गोर्खाहरूले नसहने बताए। उनले बङ्गालको थिचोमिचो विरुद्ध खरसाङमा बेलुकी ६ देखि ८ बजेसम्म बत्ती निभाएर अन्धकार बनाउँदा पूर्व विधायिका एंव नगरपालिका चुनाउमा हारेका शान्ता छेत्रीले मोर्चालाई उस्काइरहेको आरोप लगाए।

‘कुनै पनि जातिलाई मास्नु हो भने त्यस जातिको भाषा मास्नु पर्छ भन्ने कुरालाई बङ्गालले माछा खाने बुद्धि लगाएर भाषिक अतिक्रमण गरिरहेको छ,’ उनले भने, ‘बङ्गालले हाम्रो मातृ भाषालाई नाश गर्ने कोशिष छ। मुख्यमन्त्रीले बङ्गला भाषा अनिवार्य गरेर हाम्रो राष्ट्रिय भाषा हिन्दीलाई पनि विरोध गरिरहेकी छन्।’

पथसभालाई विद्यार्थी मोर्चा खरसाङ महकुमा अध्यक्ष सोनाम लामाले पनि सम्बोधन गरे। मुख्यमन्त्रीले बङ्गला भाषाको विषयमा कुरा फेरबदल गरिरहेकाले प्रतिवाद गरिरहेको भन्दै उनले  यसैको प्रतिवादमा खरसाङमा बेलुकी ६ देखि ८ बजेसम्म बिजुली बत्ती निभाएर विरोध गर्ने  कार्य आजदेखि स्थगित गरिएको बताए।

‘अहिले पहाडमा पर्यटन मौसम भएकोले पर्यटकहरुलाई असुविधा नहोस भनेर यो कार्य स्थगित गरिएको हो,’ तिनले भने। पथसभालाई विद्यार्थी मोर्चाका पुरुषोत्तम कोइरालाले पनि सम्बोधन गरे। पथसभामा सभासद प्रणय थापा, मनोनित सभासद सावित्री छेत्री, करुणा गुरुङ लगायत अन्यको उपस्थिति थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन