पर्यावरण संरक्षण गर्दै सञ्जिवनी स्वनिर्भर समूह

 

खबरम्यागजिन प्रतिनिधि

बिजनबारी, 7 जुन।

‘पर्यावरण दिवस एकदिन मनाएर मात्र होइन तर सँधैभरि पर्यावऱणको संरक्षण गर्नुपर्छ’-भन्ने सन्देश दिँदै प्राकृतिक वन्यजन्तु, चरा-चुरुङ्गी तथा औषधीय पौधा लगायत जङ्गली सुनखरीहरू संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्यले सञ्जिवनी स्वनिर्भर स्वनिर्भर समूह पोख्रेबुङ तथा आवकाशप्राप्त शिक्षकहरू अघि आएका छन्। विश्व पर्यावरण सप्ताहको छेक पारेर उक्त समूहले पोख्रेबुङ सेलेम्बुङ टिफिन डाडा परिसरमा औषधीय पौधा चिरौटो लगायत जङ्गली सुनखरीका पौदाहरू रोपेका छन् भने जङ्गली सम्पदाहरूको संरक्षण गर्ने उदाहरण प्रस्तुत गरेका छन्। स्मरण गराइन्छ, उक्त समूहका सबै सदस्यहरू 70 वर्ष नाघेका छन् ।

‘हामीमा जोश भए उमेरले कुनै असुविधा गर्दैन। प्रकृतिको संरक्षण गर्नुपर्छ भनेर नयाँ पुस्तालाई सिकाउनु जरूरी छ’-समूहका अध्यक्ष पीबी मुखियाले भने। कार्यक्रममा सम्पूर्ण सदस्य एवं गाउँलेहरूको उपस्थिति थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन