बिजनबारीमा उठ्यो महकुमा र तीनवटा ब्लक निर्माणको माग

खबरम्यागजिन प्रतिनिधि

बिजनबारी, 8 जुन 2017


बिजनबारी महकुमा माग समितिले बिजनबारीलाई पनि महकुमा बनाउनुपर्छ भन्ने माग उएको छ। समितिको पक्षमा बोल्दै एलएम लामाले भनेका छन्, ‘सरकारले आवश्यक्ता महसुस गरेरै मिरिक ब्लकलाई महकुमा बनाएको हो भने बिजनबारी वृहत्तर क्षेत्रलाई महकुमा बनाउनु किन उदारता देखाउँदैन? राज्य सरकार पक्षपाती छैन र विकाशको लागि सबैप्रति समानान्तर सोच राख्छ भने बिजनवारी खण्डको जनताप्रति चरम उदासिनता झट्टै हटाएर महकुमाको दर्जा घोषणा गर्नुपर्छ।

उनले मुख्य मन्त्रीको यसपल्टको पहाड़ भ्रमणकालमा बिजनवारी क्षेत्रका जनताले पनि न्याय पाउने आशा राखेको पनि बताएका छन्। यसैबिच समितिले बिजनबारी महकुमा गठन र खण्ड विभाजनका पूर्ण विवरणसहितको स्मारक पत्रहरू मुख्य मन्त्री लगायत उत्तर बङ्गाल डिभिजनल कमिशनर, दार्जीलिङ जिल्लापाल र स्थानीय खण्ड बिकाश अधिकारीसमक्ष प्रेषित गरिसकेको बताइएको छ।

स्मरणीय छ, बिजनबारीमा यो माग 1982 देखि नै उठेको हो। ततकालिन् वामफ्रण्ट सरकारले पनि न्याय दिएन। यद्धपि, सिलगढ़ी तराईको दुईवटा ब्लकलाई राता रात चारवटा बनाइयो। लामा अनुसार बिजनबारी ब्लक बङ्गालकै सबैभन्दा बृहत र टाड़ोमा अवस्थित ब्लक हो। संसार प्रसिद्ध पर्यटक स्थल फालुट समेत यही ब्लकमा पर्दछ। यहाँको क्षेत्रफल 415,69 स्कावर किलोमिटर छ भने 2011 को जनगणना अनुसार जनसंख्या=1 लाख,26 हजार 7 सय 47 जनामध्ये पुरूषवर्ग=63 हजार 7 सय 66 जना र महिलावर्ग=62 हजार 9 सय 81 जना छन्।

यसमा अनुसूचित जनजाति 36745 जना र अनुसूचित जाति 6751 जना छन्। जम्मा 23 वटा ग्राम पञ्चायत भएको यो ब्लकमा मौजा 47 वटा, पूलिङ बुथ 143 वटा, थाना 3 वटा, साना-ठूला अस्पताल 43 वटा, कलेज 1 वटा, अग्नि समन केन्द्र 1 वटा, उच्च र उच्चतर विद्यालय 19 वटा, प्राथमिक पाठशालाहरु 135 वटा छन् भने सम्मिलित शिशु बिकास केन्द्रहरु 386 वटा छन्।

‘गोजमुमोले महकुमा मागबारे सङ्कुचित सोंचलाई पन्स्याएर क्षेत्रका सबै राजनैतिक दलहरू लगायत सामाजिक संस्थाहरुलाई समेत सामेल गरी जनस्वार्थमा महकुमा माग समिति गठन गरेका छौँ,’ लामाले भने, ‘ब्लक अति बिराट भएको र भौगोलिक असुविधाको कारण यस क्षेत्रका किसान र चिया श्रमिक गरीब जनताले सहीप्रकारले सरकारी सहयोग समेत वर्षौदेखि प्राप्त गर्न पाएका छैनन्। सरकारको सोंच र योजना भनेको असाहय जनताप्रति न्याय दिँदै उन्मूलन गर्नु हो तर उन्मूलन त होइन अन्देखा र अन्याय भइरहेको छ।’

उनले बिजनबारी बल्क वृहत रहेको कुरा सरकार र सरकारका विशेष अधिकारीवर्ग सबैलाई विदित नै रहेको अनि महकुमाको माग जनताले गरिरहेको पनि थाहा रहेको बताएका छन्।  ‘आज मुख्य मन्त्रीको पहाड़ भ्रमण अवधिमा पनि समिति यो दिर्गलम्वित माग पुन दोहोऱ्याउँदै सरकारले निष्पक्ष रहेर यस क्षेत्रको जनतालाई अविलम्ब न्याय दिलाउने माग गर्दछौँ,’ उनले भने।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन