पटेका फ्याक्ट्रीमा विस्फोट, २४ –को मृत्यु

बालाघाट, ८ जून 2017


मध्यप्रदेशको बालाघाटदेखि सात किलोमिटर टाढ़ास्थित खैरीगाउँमा रहेको एउटा पटेका फ्याक्ट्रीमा शक्तिशाली विस्फोट हुँदा २४ जना मजदुरको मृत्यु भएको छ। स्रोतअनुसार २३ जनाको घटनास्थलमै मृत्यु भएको हो भने एकजनाको मृत्यु अस्पताल लैजाँदै गर्दा भएको हो। यो घटना बुधवार अपरान्ह भएको हो। मर्नेहरू सबै फ्याक्ट्रीका मजदुरहरू थिए। विस्फोट यति शक्तिशाली थियो, गाउँदेखि पाँच किलोमिट टाढ़ासम्म यसको आवाज सुनिएको थियो भने मजदुरहरूको शव छतविछत भएर ४०० मिटर टाढ़ासम्म छरिएको थियो।

फ्याक्ट्रीमा ३५ जना जमदुरहरू कार्यरत् थिए। अधिकांशको मृत्यु जलेर भएको छ। फ्याक्ट्रीसम्म पुग्ने बाटो राम्रो नभएकोले दमकल पुग्न धेरै समय लागेको थियो, जसको कारण पनि यो दुर्घटनाले ठूलो रूप लिनसकेको हो। दुई वर्षदेखि चलिरहेको यो फ्याक्ट्री भटेरा निवासी वाहिद अहमद वारसीको रहेको बताइएको छ। उनीसित ५० किलोग्राम विस्फोटक राख्ने लाइसेन्स थियो। शवलाई चिन्न डीएनए टेस्ट गराइने स्थानीय पुलिसले बताएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन