कालेबुङमा मुख्यमन्त्रीको पुत्ला दहन

 खबरम्यागजिन प्रतिनिधि

कालेबुङ, 8 जुन 2017


गोर्खा जनमुक्ति मोर्चाले आज कालेबुङमा मुख्यमन्त्री ममता व्यानर्जीको पुत्ला दहन गऱ्यो। पहाडका विद्यालयहरूमा बङ्गाली भाषा पठन-पाठन विषय लिएर शुरू भएको विवादलाई लिएर प्रतिवाद जनाउँदै आज गोर्खा जनमुक्ति मोर्चाले कालेबुङमा मुख्यमन्त्रीको पुत्ला दहन गऱ्यो। गत ४ जूनदेखि शुरू भएको क्रमिक प्रतिवाद जुलुसको आज पाँचौं दिन गोर्खा जनमुक्ति मोर्चाले कालेबुङ डम्बर चोकमा मुख्यमन्त्रीको पुत्ला दहन गऱ्यो।

आजको जुलुसमा मोर्चा कार्यकर्ताहरू लगायत विभिन्न विद्यालयका विद्यार्थीहरूको पनि व्यापक सहभागिता रहेको थियो। कालो झण्डा अनि प्ला कार्डहरू लिएर शुरू गरिएको जुलुसले शहर परिक्रमा गरेपछि डम्बर चोकमा आएर मुख्यमन्त्रीको पुत्ला दहन गरेको थियो। पुत्ला दहन अवधि मोर्चा कार्यकर्ताहरूले बङ्गला भाषा चाहिँदैन, मुख्यमन्त्री गो ब्याक आदि नाराहरू पनि लगाएका थिए। पुत्ला दहनपछि डम्बर चोकमा पथसभा शुरू भएको थियो। जनसभालाई गोजविमो नेतृवर्ग लगायत मोर्चाका शीर्षस्थ नेताहरूले पनि सम्बोधन गरेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन