मिरिक बन्दः फर्कन थाले पर्यटक

मनोहर शर्मा

मिरिक, 8 जुन 2017


दार्जीलिङमा पुलिस फायरिङ भएपछि मिरिकमा पनि दोकानपाट एकाएक बन्द भएको छ। दार्जीलिङको घटनापछि क्षणभरमै सौरेनी मिरिकको दोकानपाट बन्द गरियो भने मिरिकमा रहेका पर्यटकहरू फर्कन थालेका छन्। केहिक्षणमा नै यातायत ठप्प रह्यो भने पुनः सुचारु गरियो। अलपत्र परेका मानिसहरू र पर्यटकहरूलाई फर्कनमा आज केही समय दिइएको छ। पुलिस प्रशासनले शान्ति बनाई राख्न प्रयास गरिरहेको छ भने स्थानीय मानिसहरूमा आतङ्क भने सृजना भएको देखियो। राज्यले गोर्खाहरू प्रति गरेको अतिक्रमणको बिरोधमा सबै गोर्खा एक भएर यसरी नै जवाब दिइनुपर्ने मोर्चा नेताहरूले बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन