बिनय तामाङलाई चेतावनीः हटाइयो विमलको अङ्गरक्षक

मिरिक, 9 जुन 2017


मिरिकमा तृणमूल काङ्ग्रेस अनि गोर्खा जनमुक्ति मोर्चाबीच केहीबेर मुखामुखी भयो। जसको कारण मिरिकमा केहीबेर तनावको स्थिति बनेको थियो। मोर्चाद्वारा डाकिएको बन्द खोलाउन तृणमूल कार्यकर्ताहरूले जुलुस निकालेपछि स्थिति तनाउपूर्ण बनेको हो।

हिल तृणमूल काङ्ग्रेसले विनय तामाङलाई मिरिक छोड्ने चेतावनी दिएको छ। तृणमूल  काङ्ग्रेसको भनाइ छ, विनय तामाङ मिरिकमा बसेकोले यहाँ तनाउ भइरहेको छ। उनी मिरिकमा बस्दा हिंसा हुनसक्छ। तामाङलाई फर्केर नगए पुलिसले हिंसाको निम्ति प्रोत्साहन गरेको आरोपमा पक्राउ गर्नुपर्ने माग पनि हिल तृणमूलले गरेको छ।

तृणमूल काङ्ग्रेसले बन्द हटाउने अपिल गर्दै जुलुस गरिरहेको छ भने मोर्चाले बन्द जारी गर्ने अपील गर्दै जुलुस गरिरहेको छ। बीचमा पुलिस प्रसासन  बसेर दुवैलाई नियन्त्रणमा ल्याउने कोसिसमा छ।

यता सूत्रले बताए अनुसार विमल गुरूङको अङ्गरक्षक हटाइएको छ। यद्धपि आधिकारिकरूपले जसबाररे जानकारी पाइको छैन।

जानकारी अनुसार  खरसाङमा मोर्चाका समर्थकहरुले सिलगढीबाट आइरहेको स्टेट बसहरू रोकेपछि स्थिति तनावपूर्ण बनेको छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन