बन्द असफल भयो- तृणमूलः बन्द सफल भयो- मोर्चा

मनोहर शर्मा

मिरिक, 9 जुन 2017


आजको बाह्र घण्टे मोर्चाको बन्द मिरिकमा पटक पटक तनाउ हुँदाहुँदै पनि कुनै हिंस्रक घटना भने घटेन। मोर्चा र टीएमसी दुबै दलहरु बन्द गर्ने र खोलाउने प्रयासमा सडकमा उत्रिँदा स्थिति तनावपूर्ण बन्यो। यद्धपि, प्रशासनको हस्तक्षेपको कारण दुई दलमाझ झडप भने हुनु पाएन। टीएमसी मिरिकका अध्यक्ष अनिल छेत्री, मिरिक नगरपालिका अध्यक्ष एलबी राई अनि यवा अध्यक्ष सोभन घिसिङले हिजो बेलुकी मोर्चाले मिरिक बजारमा दोकानपाट भत्काएको अनि त्यसमा मोर्चा मिरिकका शीर्ष नेताहरी संलग्न रहेकोले थानामा अभियोग दर्ता गरेको अनि ती अभियुक्तलाई पक्राउ गर्नुपर्ने बताएका छन्।  मोर्चा सहसचिव बिनय तामाङ मिरिक आएर अशान्ति भएको भन्दै उनलाई शीघ्रै यहाँबाट उनलाई फर्काउने  माग गर्दै उनीहरूको सडक उत्रेका बताए।

उनीहरूले मोर्चाको बन्द बिफल भएको बताउँदै मोर्चाले धम्की दिएर जबरजस्ती दोकानपाट बन्द गर्न लगाएको आरोप लगाए। मिरिकमा तृणमुल शान्ति चाहने तर मोर्चाले अशान्ति सृजना गरिरहेको उनीहरूको अभियोग छ।

गोर्खा जनमुक्ति युवा मोर्चा मिरिकका नेताद्वय योगेश गोले र लाडुप घिसिङले बन्द पूर्णरूपले सफल भएको बताउँदै मिरिकमा तृणमूलले प्रशासनको आडमा अशान्ति सृजना गर्न खोजिरहेको आरोप लगाए। भाषिक अतिक्रमण र गोर्खाहरूलाई दमन गरेको कदापी सहन नगर्ने भन्दै दुवैले बङ्गालको कुटनीतिको प्रतिवाद गर्दै दार्जीलिङका गोर्खाले जवाब दिने बताए।

‘विनय तामाङलाई मिरिकबाट होइन तर ममतालाई पहाडबाट हटाऊ पहाडमा शान्ति भइहाल्छ,’ उनले भने ।सौरेनीमा पनि कठोर रूपमा बन्द पालन गरिएको पनि उनले बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन