भाजपा समर्थिक सङ्घको गेटसभाःबोल्यो श्रमिकको पक्षमा

खबरम्यागजिन प्रतिनिधि

डुवर्स, 9 जुन 2017


बाग्राकोट ग्राम पञ्चायत अन्तर्गत ऐलनबाडीमा भारतीय जनता पार्टी समर्थित चिया श्रमिक सङ्गठन भारतीय मजदूर सङ्घको एउटा गेट सभा सम्पन्न भएको छ। जहाँ भाजपा माल ब्लकका कन्भेनर बद्री नारायण प्रधान ऐलनबाडी यूनिटका सभापति रुलारुष टोपो, सचिव सनतिउस कुजुर लगायत श्रमिकहरूको उपस्थित थियो। जोइन्ट फोरमले डोकेको बन्दको तिनदिन अघि यसरी गेट सभा गरेर भारतीय मजदूर सङ्घ पनि श्रमिकहरुको हक र अधिकारको निम्ति लड्ने एक दल रहेको दाबी गरिएको छ।

हाजिरी वृद्धि, नयाँ श्रमिक आवास निर्माण, पुरानो श्रमिक आवासको मरम्मति, एम्बुलेन्स चालकको स्थायी व्यवस्था लगायत श्रमिकहरू सेवानिवृत भएपछि पाउने जमा रकम समयमा पाउनु पर्ने आदि माग गेट सभामा राखिएको थियो।

माल ब्लकका कन्भेनर बद्री नारायण प्रधानले श्रमिकहरुलाई सम्बोधन गर्दै भने, ‘कमानमा राशन बन्द भएको एक साल भन्दा पनि अधिक भइसक्यो। राशनको बद्लामा प्रत्येक श्रमिकहरूले ६६० रुपियाँ पाउनुपर्छ। जीवनभरि खुन पसीना गरेर कमाएको पैसा प्राप्त गर्न नपाइ श्रमिकहरुको मृत्यु हुन्छ। कारण कमानबाट सेवानिवृत भएको वर्षौं बित्दा पनि श्रमिकहरूले आफूले कमाएको जमा पैसा पाउँदैनन्। यसको निम्ति न त कमान पक्ष बोल्छ न त सरकार। चिया कमानका श्रमिकवर्गले पनि पर्जा पट्टा पाउनुपर्छ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन