पर्यटकहरूलाई लाग्यो, राज्य सरकार नै दायी

कालेबुङ खबरदाता

कालेबुङ, 9 जुन।

यस्तो स्थिति हुनुमा राज्य सरकार पूर्णरूपमा उत्तरदायी छ। राज्य सरकारले अननेसेसरी प्रोब्लेम क्रिएट गरिरहेछ। यस्तो गर्नु उचित होइन।

कोलकाताबाट कालेबुङ घुम्न आएका तपस मित्रले आज यस प्रकारको मन्तव्य पोखेका छन्। पहाडमा भएको अशान्ति अझ बढ्नसक्ने सम्भावनालाई मध्यनजर राखेर हिजोमात्र कालेबुङ घुम्न आइपुगेका मित्र सपरिवार कालेबुङबाट प्रस्थान भएका छन्। कालेबुङबाट जानअघि उनले यस प्रकारको स्थिति उत्पन्न हुनुमा राज्य सरकार नै पूर्ण रूपमा दायी रहेको बताए।

राज्य सरकारसित मलाई अरू केही भन्नु छैन। केवल एउटै कुरा भन्न चाहन्छु हामीलाई शान्ति चाहिन्छ”- मित्रले कालेबुङबाट हिँड्नअघि यसो भने।

कालेबुङमा केहीदिन घुमेर फर्किने योजना बनाएर आएको भए पनि हिजो आएदेखि नै सम्पूर्ण कुराहरू बन्द रहेकाले कतै घुम्न नपाएको बताउने मित्रले यद्यपि फर्किने समयसम्म पनि कालेबुङमा कसैले केही असुविधा नगरेको बताए। दार्जीलिङमा भएको अशान्तिले गर्दा कालेबुङ बन्द भए तापनि आफूहरूलाई बन्द बाहेक अन्य कुनै समस्या नभएको भए पनि स्थिति कुनै समय केही पनि हुनसक्ने सम्भावनाले गर्दा नै यहाँबाट फर्किन बाध्य भएको उनले बताए।

मित्र जस्तै आज कालेबुङबाट धेरै नै पर्यटकहरू आफ्नो योजनाअनुरूप कालेबुङ नघुमी फर्किएका छन्। प्रशासनद्वारा उपलब्ध गराइएको वाहनहरूमा चडेर यहाँबाट प्रस्थान गर्नअघि उनीहरूले पनि स्थिति बिग्रनसक्ने आशङ्का लिएर नै यहाँबाट गएको बताएका छन्। कालेबुङमा रहँदा अनि वाहन चड्दासम्म कुनै असुविधा नरहेको पनि पर्यटकहरूको भनाइ रहेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन