कालेबुङ नगरपालिकामा फेरि शपथ ग्रहण हुने   

खबरम्यागजिन प्रतिनिधि

कालेबुङ, 10 जुन 2017


कालेबुङ नगरपालिकामा फेरी शपथ ग्रहण हुने भएको छ। नयाँ बोर्डले गत ३० मईको दिन नै शपथ ग्रहण गरेको भए तापनि १२ जूनको दिन पुन: शपथ ग्रहण हुने कुरा लगभग तय छ। हिल तृणमूल काङ्ग्रेसले कालेबुङ नगरपालिका चुनाउमा विजयी बनेका आफ्नो दुइजना नगरपार्षदहरूलाई अलग्गै शपथ ग्रहण गराउने भएको छ। यसको निम्ति पार्टीले १२ जूनको दिन तय गरेको पार्टीको पक्षबाट छेवाङ भोटियाले बताएका छन्।

“हामी १२ जूनको दिन अलग्गै रूपमा हाम्रा दुई जना कालेबुङ नगरपालिकाका पार्षद्हरूलाई शपथ ग्रहण गराउनेछौं। यसको निम्ति हाम्रो तयारी चलिरहेछ”-भोटियाले भने। गत ३० मईको दिन आफूहरू मुख्यमन्त्रीको कार्यक्रममा अंशग्रहण गर्न अन्यत्र जानुपरेको कारण नै दुईजना विजयी नगगरपार्षदहरूलाई शपथ ग्रहण गराउन नपाएको बताउँदै सोमबार शपथ ग्रहण गराउन पार्टी लागिपरेको उनले बताए।

उक्त दिन जुलुस निकालेर विजयी नगरपार्षदहरूलाई पार्टी कार्यालयदेखि लिएर गएर शपथ ग्रहण ग्रहण गराउन लैजाने पार्टीको कार्यक्रम रहेको पनि उनले बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन