विमलको पक्राउबारे अधिकारीहरू जान्दछन्-ममता व्यानर्जी

खबरम्यागजिन प्रतिनिधि

सिलगढ़ी, १० जून, २०१७


 

उच्चाधिकारीहरूसित बैठक गर्दै मुख्यमन्त्री

हिजो दार्जीलिङबाट रातारात फर्किएपछि आज उत्तरबङ्गालको सचिवालय उत्तरकन्यामा मुख्यमन्त्री ममता व्यानर्जीले उच्चादिकारीहरूलाई लिएर एक उच्चस्तरीय बैठक गरिन्।

बैठकपछि उनले संवाददाताहरूलाई सम्बोधन गर्दै भनिन्, “पहाड़का जनता शान्ति र भाइचारामा बाँच्न पाउनुपर्छ। उनीहरूलाई शान्त माहौलमा बाँच्न दिने जिम्मा मेरो हो।”

मुख्यमन्त्रीले पहाडमा गोर्खा जनमुक्ति मोर्चाले आफ्नो राजनैतिक स्वार्थसिद्धिका लागि अशान्ति गरिरहेको आरोप पनि लगाइन्।

उनले अझ भनिन्, “शान्त पहाड़लाई जङ्गली आगोझैँ स्थितिमा फेर्न कोही पनि सहभागी नहोउन्। पहाड़मा शान्ति स्थापना भए हामी सबै शान्ति र आनन्दले बाँच्न सक्नेछौँ”।

पत्रकारहरूले विमल गुरूङहरूको पक्राउबारे सोधेको प्रश्नको उत्तरमा उनले भनिन्, ‘विमल गुरूङको पक्राउबारे म केही भन्दिन, मेरा अधिकारीहरू जान्दछन्।’

यसै सिलसिलामा प्रशासनिक सुविधाको लागि केही सरकारी अधिकारीहरूको सरूवा गराइएको पनि तिनले जनाइन्। एउटा जिल्लाको पर्यटकवाहक गाड़ी अर्को जिल्ला सहजै पस्न पाउने अधिसूचना पनि जारी गर्ने तिनले जनाइन्। यो नियम सोमवारदेखि लागू हुने उनले जनाइन्।

पहाडका पर्यटकहरूको निम्ति आइतबारसम्म निःशुल्क बस सेवा दिइने पनि उनले जनाएकी छन्। पश्चिमबङ्गालको महत्त्वलाई जोड़ दिँदै उनले भनिन्, “चाहे कोही पर्यटक होस् वा राज्यकै वासिन्दा, राज्यले सधैँ सबैलाई समान व्यवहार गरेको छ।”

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन