पुलिस इन्स्पेक्टरहरू सरूवा – पहाड़का मदेशमा, मदेशका पहाड़मा

उच्चाधिकारीहरूसित बैठक गर्दै मुख्यमन्त्री

खबरम्यागजिन प्रतिनिधि

सिलगढ़ी, १० जून २०१७


मुख्यमन्त्री ममता ब्यानर्जीले उत्तरकन्या सचिवालयमा उच्च स्तरीय आधिकारिक बैठकमा पहाड़को जल्दो राजनैतिक-प्रशासनिक समीकरणमा रणनैतिक प्रभाव बनाइराख्न एक महत्त्वपूर्ण निर्णय गरेकी छन्। उनले पहाड़का पुलिस इन्स्पेक्टर मदेशमा र मदेशको पहाड़मा सरूवा गराउने निर्देश सम्बन्धित विभागाधिकारीमार्फत् आज जारी गराएकी छन्।

निर्देशमा एक ठाउँ सरूवा पाउने इन्स्पेक्टरहरूलाई भनिएको छ – “निर्देशको पालन गर्दै झट्ट हिँड़िहाल्ने।”

एक आधिकारिक सूचनामार्फत् एडिशनल निदेशक जेनेरल एण्ड इन्स्पेक्टर जेनेरल अफ पुलिस, ल एण्ड अर्डर, पश्चिम बङ्गाल,-ले निम्नलिखित पुलिस इन्स्पेक्टरहरूको सरूवा गराउने निर्देश जारी गरेका छन्-

भानु राई – कालेबुङ पुलिस स्टेशनबाट मुर्शिदाबाद

तीर्थ सारथी नाथ –दिनहाटा पुलिस स्टेशनबाट कालेबुङ पुलिस स्टेशन

दीपङ्कर सोम – खरसाङ पुलिस स्टेशनबाट सिलगढ़ी पुलिस स्टेशन

पारिजात सरकार – सिलगढ़ी पुलिस स्टेशनबाट खरसाङ पुलिस स्टेशन

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन