दुइ मुख्यमन्त्रीहरूबीच आरोपप्रत्यारोपः मोर्चा झऱ्यो एक बुँदे आन्दोलनमा

खबरम्यागजिन प्रतिनिधि

कालेबुङ, 10 जुन 2017


ममता व्यानर्जी त पश्चिम बङ्गालकी मुख्यमन्त्री हुन्, विमल गुरूङ आफै चाहीँ आफूलाई पहाडको मुख्यमन्त्री बताउँछन्।

ममता व्यानर्जी भनिरहेकी छन्, मोर्चाले जीटीए चुनाउ ताकेर पहाडमा अशान्ति गरिरहेको छ।

विमल गुरूङ भनिरहेका छन्, तृणमूलले आन्दोलन दबाउन पहाडमा अशान्ति गरिरहेको छ।

उनीहरू दुवै, भाषालाई बाध्यात्मक गर्ने बङ्गाल सरकारको कुटनीति विरुद्ध भइरहेको प्रतिवादलाई ‘अशान्ति’ बताइरहेका छन्। राष्ट्रपति चुनाउमा पहाडले भाजपालाई समर्थन गर्ने सुर्ता बोकेरै पहाड चढेकी ममता व्यानर्जीले उप्रान्त प्रशासन धेरै सशक्त रहने बताएकी छन्। सेना पारिचालना नै गर्नुपर्ने स्थिति नरहे पनि ममता व्यानर्जी पहाडमा ‘शान्ति फर्काउने’ वाहनामा मोर्चामाथि दवाब बनाउन चाहन्छिन्।

दार्जीलिङ आएर पहिले त मदन तामाङको हत्याको सन्दर्भ झिकिन्, त्यसपछि जीटीएको अडिट। जीटीएको प्रिन्सिपल सेक्रेटेरी रवि इन्दर सिंहलाई हटाएर बरुण रोयलाई राखिन्। त्यसपछि जीटीएको भ्रष्टाचारको सन्दर्भ झिकिन्। आज पुलिस अधिकारीहरू फेरबदल गरिन्। भानु भवन कब्जा गरिन्। सेना झिकाइन्।

मोर्चाले केवल भाषा बाध्यात्मक गर्नु उचित नहुने र नेपाली बहुल क्षेत्रलाई यो निर्णयबाहिर राख्न दवाब दिँदै प्रतिवाद प्रदर्शनी गरेको वाहनामा मुख्यमन्त्रीले धेरै निर्णयहरू गरिन्, जसले गरेको सङ्केत भनेको मोर्चालाई नष्ट गर्नु अनि पहाडमा राज्यीय हस्तक्षेप बनाइराख्नु नै हो।

पहाडको विकासको निम्ति भनेरै जीटीए प्रदान गरियो, तर मुख्यमन्त्रीले जीटीएलाई क्षमता प्रदान गरिनन्। रहल विभागहरू सुम्पिइनन्। जीटीएलाई अभावमा राखिन्। त्यसपछि मोर्चाले जीटीए चलाउन सकेन अथवा विकास गरेन भन्दै करोडौंका योजनाहरूको घोषणा गरिन्।

मोर्चा अनि विमल गुरूङ मुख्यमन्त्रीको यस्तो कुटनीतिले क्रोधित थियो। भाषाबारेको मुद्दाको लडाईँमा मोर्चाले त्यो क्रोध पनि मिसायो।

अहिले पहाड आन्दोलित छ।

बङ्गला भाषालाई जीटीए क्षेत्रमा बाध्यात्मक नगर्ने मुख्यमन्त्रीलाई मोर्चाले सोधेको छ, ‘तराई डुवर्समा चाँही के हुन्छ त?’

यही एउटा प्रश्न बोकेर मोर्चाले प्रतिवादी स्वरलाई निरन्तर राखेको छ। जनता आन्दोलित मुडमा छ। मोर्चा र जीटीए दुवै सङ्कटमा छ।

यस्तोमा मोर्चालाई अब गोर्खाल्याण्डको आन्दोलन नगरी धरै छैन।

आज रास्ट्रीय मिडियासित बोल्दै विमल गुरूङले भनेका छन्, ‘अब मोर्चासित केवल एउटै मुद्दा हुनेछ, गोर्खाल्याण्ड। त्यही मुद्दा बोकेर मोर्चा आन्दोलनमा उत्रने छ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन