हुनेछ बगानमा आम हड्ताल

खबरम्यागजिन प्रतिनिधि

मिरिक, 10 जुन 2017


चियाकमानका मजदुरहरुको हितमा रहेको संयुक्त चियाकमान श्रमिक सङ्गठन जोइन्ट फोरमको आह्वानमा आगमी 12 र 13 जुनको दिन सम्पूर्ण पहाड तराई र डुवर्सको चियाकमानहरूमा आम हडताल गरिने सीआईटीयु दार्जिलिङ जिल्ला हिल्स सदस्य किस्मत तामाङले बताएका छन्।

उनले दिएको जानकारीअनुसार 12 जूनको दिन सम्पूर्ण चियाकमानहरूमा बन्द पालन गरिनेछ भने 13 जुनको दिन भने चियाकमानहरू सँगै गाडीघोडा र बजारपाट, स्कूल कलेज कार्यालयहरू सबै बन्द रहने छ।

उनले अझै बताए अनुसार निम्नतम मजदुरी झट्टै लागु गर्नुपर्ने, 660 रू प्रति महिना राशनको पैसा दिइनुपर्ने र प्रत्येक परिवारलाई 35 किलो सरकारी राशन दिइनुपर्ने, चियाकमानवासीलाई जमीनको पर्जा पट्टा दिइनुपर्ने अनि बन्द चियाकमानहरू झट्ट खोल्नुपर्ने माग राख्दै बन्द डाकिएको हो। उनले यी मागहरू आम हडतालले पनि समाधान नभए फोरमले अझ बृहत आन्दोलन गर्ने बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन