मोर्चाले के लियो निर्णय?

खबरम्यागजिन प्रतिनिधि

कालेबुङ, 10 जुन 2017


गोर्खा जनमुक्ति मोर्चाले आज दार्जीलिङमा दलीय बैठक गर्दै आगामी कार्यक्रमहरूको घोषणा गरेको छ। पहिलो निर्णयमा वान पोइन्ट मुद्दा गोर्खाल्याण्डको निम्ति आन्दोलन गरिने भनिएको छ।

१३ जूनको दिन यसको निम्ति सबै पार्टीलाई बैठकमा बोलाउनेछ। प्रत्येक सोमबार राँके जुलुस  गरिनेछ।  प्रत्येक बिहिबार र शुक्रबार जनता सडकमा ओर्लेर गोर्खाल्याण्डको आवाज उठाउने छ।

बैठकमा लिइएका निर्णयअनुसार राज्य अनि जीटीएका सम्पूर्ण कार्यालयहरू सोमबारदेखि बन्द गरिने छ। गाडी, स्कूल, दोकानपाटहरू खुल्ला रहनेछ। व्याङ्क अरूबेला बन्द रहने तर सोमबार र बिहिबारमात्र खुल्ला राखिनेछ।

यस उप्रान्त पहाडका सम्पूर्ण साइनबोर्ड नेपाली अनि अङ्ग्रेजीमा लेखिने छ।


विस्तृत समाचारको लागि लगइन गर्दै गर्नुहोस्-खबरम्यागजिन

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन