खलामा

साताको कविता


ज्ञानेन्द्र खतिवड़ा

 


खलामा दाइँ गर्दैछु

दुइवटा गोरूहरू घुमिरहेछन्

पछिपछि लौरो लिएर म पनि घुमिरहेछु

होइन-होइन तीनवटा गोरूहरू घुमिरहेछन्

कि म पनि त गोरूझैँ खटिरहेछु

अरू म महागोरू खट्नुसम्मलाई खटिरहेछु – किनकि

 

पराल र धान छुट्टिएपछि

पराल गोरूको हुन्छ

 

धान र पराल छुट्टिएपछि

धान साहुको हुन्छ

 

र वर्षभरि खट्नुपर्ने खेत चाहिँ मेरै हुन्छ


(कविको काव्यकृति खस्नै लागेको उज्यालोमा-बाट)

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया