बिजनबारी खण्ड कार्यालय आंशिकरूपमा जल्यो, 10 पक्राउ

सञ्जय निरौला

बिजनबारी, 12 जुन।


हिजो मध्य राती बिजनबारी खण्ड विकास कार्यालयमा आगो लगाइयो। यद्यपि, यस आगोको चपेटमा परेर खण्ड विकास अधिकारी कौशिक व्यानर्जीको च्याम्बर र उनकै च्याम्बर छेउमा रहेको कम्प्यूटर रूम मात्रै क्षतिग्रस्त भएको खण्ड विकास कार्यालय सूत्रले बताएको छ। बिजनबारीमा दमकल विभागको कार्यालय खण्ड विकास कार्यालयको नजिकै अविस्थत छ, जसको फलस्वरूप दमकल विभागका कर्मचारीहरुले तत्कालै उक्त कार्यालयमा लागेको आगोलाई नियन्त्रणमा ल्याउने कार्य गरे। यदि दमकल विभागले सक्रियता नदेखाएको भए बिजनबारी खण्ड विकास कार्यालय आज खरानीमा परिणत भइसक्ने थियो। यस घट्नापछि बिजनबारी खण्ड विकास कार्यालय परिसरमा व्यापक सुरक्षा बल तैनाथ गरिएको छ।

यद्धपि, पुलिसले अहिलेसम्म शङ्काको आधारमा 10 जनालाई पक्राउ गरिसकेको छ। उनीहरू को को हुन्, त्यसको खुलासा प्रशासनले गरेको छैन।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन