चियाबगानहरु अचल, तृणमूलको श्रमिक सङ्गठनले गरेन विरोध अनि समर्थन

खबरम्यागजिन, दार्जीलिङ, 12 जून।


दार्जीलिङ पहाड़, तराई अनि डुवर्सका चियाबगानहरु आज अचल रहे। दार्जीलिङ पहाड़का चियाबगानहरु 100 प्रतिशत बन्द भएको अनि तराई-डुवर्समा 98 प्रतिशत चियाबगान बन्द भएको जोइन्ट फोरमको एक मूल घटक दल दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियनले दावी गरेको छ। गोजमुमोको श्रमिक संगठन  दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियनका महासचिव सुरज सुब्बाले आजको चियाबगान बन्द पूर्णरूपले सफल भएको बताउँदै भोलिको आम हड़ताल पनि यसरीनै सफल हुनेछ भनेका छन्।

विशेष चियाश्रमिकहरुका लागि न्यूनत्तम रोजी ऐन लागू हुनपर्छ भन्ने मागमाथि सरकारलाई ठोस निर्णय लिन बाध्य गराउने उद्देश्यलेनै उत्तर बंगालका 26 वटा श्रमिक संगठनहरुद्वारा गठित जोइन्ट फोरमले आज चियाबगान बन्दको आह्वान गरेको थियो। यस जोइन्ट फोरममा जोइन्ट फोरममा गोजमुमो, क्रामाकपा, माकपा, गोरामुमो, गोर्खालीगका साथै तराई-डुवर्सबाट भाजपाको श्रमिक संगठन, पीटीडब्लुयू आदि श्रमिक संगठनहरु पनि सामेल छन्।  यद्यपि, आजको यस चियाबगान बन्दलाई दार्जीलिङ हिल तृणमूल कंग्रेसले विरोध पनि नजनाएको अनि समर्थन पनि नगरेको बताएको छ। हिल तृणमूल कंग्रेसका एक नेताले भने-तृणमूल कंग्रेसको श्रमिक संगठनले पनि चियाश्रमिकहरुका लागि न्यूनत्तम रोजी ऐन लागू हुनपर्छ भन्ने माग गर्दै आइरहेको छ र यसै मागलाई लिएर आज चियाबगान बन्द गरिएको कारण यसलाई हाम्रो समर्थन पनि छैन अनि विरोध पनि छैन।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन