मिरिक बन्दः 144 धारा लागुः भोलि पहाड बन्द

मिरिक, 12 जुन


जोइन्ट फोरमको आह्वानमा आज चियाकमानहरूमा बन्दको पहिलो दिन मिरिकका दशवटा चियाकमानहरूमा बन्दको पालन गरिएको दार्जीलिङ तराई डुवर्स प्लान्टेन्सन लेबर युनियनका केन्द्रिय सदस्य एव मिरिक जोनलका अध्यक्ष अजम प्रधानले  बताएका छन्।

उनले दिएको जानकारीअनुसार भोलि सम्पूर्ण कमानका श्रमिकहरू सडकमा ओर्लेर आफ्नो हक र अधिकारको माग गर्ने छन्। मोर्चाले श्रमिक सङ्गठनको बन्दलाई समर्थन गर्दै पहाड बन्दको घोषणा गरेको छ।

यता, मिरिकको विभिन्न अफिस क्षेत्रमा 144 धारा लागु भएको प्रशासनद्वारा जानकारी पाइएको छ,जो बेलुकी 5 बजेसम्म जारी रहनेछ। विभिन्न कार्यालयतिर व्यापक फोर्स तैनाथ गरिएको छ। अफिसहरू खुल्लै छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन