94% कर्मचारी उपस्थित- प्रशासनः प्रशासनको कुरा  झुटो हो-मोर्चाः 13 जूनको आम हड़्ताललाई गोजमुमोको पूर्ण समर्थन

खबरम्यागजिन प्रतिनिधि

दार्जीलिङ, 12 जून।


डीएम अफिसमा सेना तैनाथ
डीएम अफिसमा सेना तैनाथ
कर्मचारीहरूको व्याग खोतल्दै पुलिस अधिकारी

गोर्खा जनमुक्ति मोर्चाको सरकारी कार्यालय बन्दको प्रथम दिन आज दार्जीलिङमा मिश्रित स्थिति देखा पर्यो। दार्जीलिङको जिल्लापाल कार्यालयलाई पूर्णरूपले खुल्ला राखिए पनि कर्मचारीहरुको उपस्थिति उस्तो नभएको स्पश्ट छ। तरै पनि दार्जीलिङ जिल्ला प्रशासनले दार्जीलिङ जिल्लाका पश्‍चिम बंगाल अधीनस्थ कार्यालयहरुमा 93-94 प्रतिशत कर्मचारी उपस्थित रहेको जानकारी गराएको छ। तर जिल्ला प्रशासनको यस दावीलाई गोर्खा जनमुक्ति मोर्चाले झुटो हो भन्ने बताएको छ।

गोजमुमो र जिल्ला प्रशासनमाझको यस विवादपूर्ण स्थितिबीचै आज दिउँसो यहाँको दार्जीलिङ सरकारी महाविद्यालयमुनि अवस्थित पीडब्लुडी कार्यालयमा आगो लगाउने प्रयास भयो, जसले पीडब्लुडी कार्यालयको खिड़्की, चौकी अनि केही कागज-पत्र जलेका छन्। यसरीनै सोनादाको विद्युत विभागको कस्टमर केयर सेन्टरको दैलो अनि खिड़्कीका ऐनाहरु पनि तोड़्फोड़ भयो।

यसबाहेक हिजो मध्य राती बिजनबारी खण्ड विकास कार्यालयमा आगो लगाउने प्रयास भएपछि यसभित्र रहेका खण्ड विकास अधिकारीको च्याम्बर अनि कम्प्यूटर रूम जलेको बताइएको छ। यस घट्नामा गोजमुमोको हात रहेको आरोप सम्बन्धमा सोध्दा गोजमुमो महासचिव रोशन गिरीले यसको सरासर खण्डन गर्दै गोजमुमोलाई बद्नाम गराउनको लागि यसप्रकारको घट्ना भइरहेको बताए।

उनले भने-आजदेखि गोजमुमोले सरकारी कार्यालयहरु बन्दको कार्यक्रम शुरू गरेको छ, तर यसमा गोजमुमोले जबर्जस्तीपन अप्नाएको छैन। यदि गोजमुमोले जबर्जस्ती सरकारी कार्यालय बन्द गर्नु थियो भने हजारौंको संख्यामा समर्थकहरुलाई सड़कमा उतारेर पिकेटिङ गर्न लगाउने थियो। तर गोजमुमोले केवल सरकारी कर्मचारीहरुलाई कार्यालय नजाने मात्रै अपील गरेको थियो। गोजमुमोले दार्जीलिङ पहाड़को वर्तमान स्थिति अनि राज्य सरकारको दमन नीति विरूद्ध केन्द्र सरकारले हस्तक्षेप गरोस् भन्ने चाहेको हो।

यसका साथै केन्द्र सरकारले अलग राज्य गोर्खाल्यान्ड गठनको लागि ठोस पहल गरोस् भन्ने पनि हाम्रो चाहना छ। उनले भने-भाजपाले सन् 2009 र 2014-को लोकसभा चुनाउमा गोर्खा जातिको दीर्घकालीन माग र मुद्दाबारे सहानुभूतिपूर्वक निरीक्षण गरेर पहल गर्ने वचन दिइसकेको छ।

यसैले अब केन्द्र सरकारले यसमाथि ठोस पहल गर्नुपर्छ भन्ने गोजमुमोको माग छ। यस विषय लिएर गोजमुमो अध्यक्ष विमल गुरूङले प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रिय गृहमन्त्री राजनाथ सिंहलाई पत्राचार गरेको पनि जानकारी गराउँदै शीघ्रै एक प्रतिनिधि टोली यसै विषयमा कुराकानी गर्न दिल्ली जाने तय गरिएको पनि बताए।

यसरीनै उनले भोलि उत्तर बंगालका 26 वटा श्रमिक संगठनद्वारा गठित जोइन्ट फोरमले चियाश्रमिकहरुक लागि न्यूनत्तम रोजी ऐन लागू गर्नुपर्ने मागमा डाकेको आम हड़्ताललाई गोजमुमोले पूर्ण समर्थन गरेको जनाउँदै भने-चियाश्रमिकहरुको दैनिक रोजी अतिनै कम्ति छ, यसैले श्रमिक संगठनहरुले उनीहरुका लागि न्यूनत्तम रोजी ऐन लागू गर्ने माग गरिरहेका छन्, तर यस विषयमा राज्य सरकारले अहिलेसम्म ठोस पहल गरेकै छैन। यसैको विरोधमा डाकिएको आम हड़्ताललाई गोजमुमोले समर्थन जनाएको हो।

आज यहाँको जिल्लापाल कार्यालय परिसरमा व्यापक सुरक्षा बल तैनाथ गरिएको थियो। जसले कर्मचारीहरुका झोला, व्याग आदि जाँच गरेर मात्रै भित्र प्रवेश गर्न दिएको आरोप उठेको छ। यसैबीच, गिरीले आज विभिन्न सरकारी कार्यालयहरुमा आगो लगाउने प्रयासको भर्त्सना गर्दै यो गोजमुमोलाई बद्नाम बनाउने षड़्यन्त्र हो भन्ने पनि बताए।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन