सभासद् सतिश पोखरेल पक्राउ

खबरम्यागजिन प्रतिनिधि

कालेबुङ, 12 जुन


रेलिङ कैंजले समष्टीका सभासद् सतीश पोखरेललाई आज राती 9 बजी उनकै घरबाट पुलिसले पक्राउ गरेको छ।

सूत्रले बताए अनुसार आइपीएस सिद्धनाथ गुप्त, जावेद साहमिम, अनि अखिलेश चतुर्वेदीले गोर्खा जनमुक्ति मोर्चाका मुख्य नेताहरू पक्राउ गर्न आज पातलेबाँस र सिंहमारीमा छापामारी गर्ने खबर थियो।

अहिलेसम्म मोर्चाको कुनै ठूलो नेता पक्रा परेको सुनिएको छैन। यता सभासद् पोखरेललाई भने उनकै घरबाट पक्राउ गरिएको खबर छ। उनलाई कुन मुद्दामा पक्राउ गरिएको हो, खुलिएको छैन।

आज बिजनबारीको खण्ड विकास कार्यालय जलाउने कोशिश भएको थियो, जुन काण्डमा संलग्न रहेको शङ्कामा दस जनालाई पक्राउ गरिएको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन