नेताजीको नातिले गरे गोर्खाल्याण्डलाई खुल्ला समर्थनः ‘‘ गोर्खाहरूले सम्मान र चिन्हारी पाउनैपर्छ’’

खबर म्यागजिन, डेक्स खरसाङ, 13 जून।


नेताजी सुवासचन्द्र बोसका नाति चन्द्रकुमार बोसले छुट्टै राज्य गोर्खाल्याण्डको समर्थनमा खुलेर अघि आएका छन्। सोमवार उनले सिरिज ट्वीटमार्फत् गोर्खाहरूले माग्दै आएको चिन्हारीको मुद्दालाई समर्थन जनाएका छन्।

सोमवार गरिएका ट्वीटमा उनले स्पष्ट भनेका छन्, ‘‘देशको स्वाधीनताका लागि गोर्खाहरूको योगदान उल्लेखनीय छ। स्वाधीनता सङ्ग्राममा पहाड़का मानिसहरूले नेताजी सुवासचन्द्र बोसलाई पूर्ण सहयोग गरेका थिए। उनीहरूले आफ्नो सम्मान र चिन्हारी पाउनैपर्छ।‘’ चन्द्रकुमार बोस भारतीय जनता पार्टीको पश्चिम बङ्गाल राज्य कमिटीका उपाध्यक्ष हुन्।

गतवर्ष भाजपामा सामेल भएका उनलाई पछिल्लो विधानसभा चुनाउ पार्टीले मुख्यमन्त्री पदको उम्मेद्वार बनाएको थियो। आफ्नो सिरिज ट्वीटमा उनले लेखेका छन्, ‘‘ गोर्खाल्याण्ड गोर्खाहरूको सम्मान र चिन्हारीको मुद्दा हो, जसलाई राज्य सरकारले घोखा दिइरहेकोछ। भाजपाका राज्य नेतृत्वहरूले राज्य सरकारकै स्वरमा स्वर मिलाउँदै छुट्टै राज्य गोर्खाल्याण्डको विरोध गरिरहेको बेला चन्द्रकुमार बोसको यो खुल्ला समर्थनले विशेष महत्त्व राख्दछ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares