फेरि तीन गोजमुमो समर्थक पक्राउ

खबरम्यागजिन प्रतिनिधि

दार्जीलिङ, 13 जून।


दार्जीलिङ पुलिसले फेरि दार्जीलिङबाट तीनजना गोजमुमो समर्थकहरुको पक्राउ गऱ्यो। जसमा शिवग्राम निवासी 49 वर्षे राजेश प्रधान, चाँदमारी निवासी लोकेश थापा (32) र मिलन थापा (36) सामेल छन्। पुलिसले उनीहरुलाई गत 8 जूनको दिन यहाँको मोटर स्ट्यान्डमा एनबीएसटीसी (उत्तर बंगाल स्टेट ट्रान्सपोर्ट कर्पोरेशन)-को बस जलाएको आरोपमा पक्राउ गरेको पुलिस सूत्रले बताएको छ।

स्मरण गराइन्छ, गत 8 जून यहाँको गोर्खा रङ्गमञ्च भवनअघि भएको ढुङ्गा-मुँड़ा काण्डपछि उत्तेजित भीड़ले चौरास्ता नजिक राखिएका पुलिसका गाड़ीहरूसँगै एनबीएसटीसीको बसमा आगो लगाएर क्षतिग्रस्त बनाएको थियो। यसै बस जलाएको आरोपमानै पुलिसले यी तीनजनालाई हिजो राती पक्राउ गरेको पुलिस सूत्रले बताएको छ। यी तीनजनाको पक्राउसँगै विभिन्न आरोपमा पक्रा पर्नेहरुको संख्या 11 पुगेको छ। जसमा कैंजले-रेलिङ समष्टिका सभासद सतीश पोख्रेल पनि सामेल छन्।

पुलिसले अहिलेसम्म दार्जीलिङमा पुलिसको गाड़ी जलाएको, पुलिसमाथि ढुङ्गा-मुँड़ा प्रहार गरेर घाइते बनाइएको, मङ्पूको आईटीआई केन्द्रमा आगो लगाइएको, बिजनबारी खण्ड विकास कार्यालयमा आगो लगाइएको साथै अन्य आरोपमा दार्जीलिङ महकुमा क्षेत्रबाट आजसम्म मोठ 11 जना पक्राउ गरिसकेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन