गोरामुमो पनि पुग्यो सर्वदलीय बैठकमाः मुद्दाको लागि गोरामुमो प्रतिबद्ध?

कालेबुङः पहाडमा बन्द नै भएपनि अहिलेसम्म गोर्खाल्याण्ड राज्य निर्माण मोर्चा, भारतीय गोर्खा परिसङ्घ अनि गोर्खा राष्ट्रीय मुक्ति मोर्चाका प्रतिनिधिहरू जिमखाना क्लबमा पुगिसकेका छन्।

अरू दल त मुद्दाको लागि सामुहिक पहल हुनुपर्छभन्ने मतमा नै छ, तर तृणमूल काङ्ग्रेससित आन्द्रा गाँसिएको गोरामुमो पनि सर्वदलीय वैठकमा जानुले मुद्दाप्रति यो दल निक्कै इमान्दार हो कि भन्ने देखापरेको छ। अर्कोतिर हिल बिजेपी पनि वैठकमा पुगिसकेको खबर छ।

अहिले बैठकमा बोलाइएका दलहरू आउने क्रम चलिरहेको छ। यसै पनि पुलिसी लाठीचार्ज र जीटीएका सभासद् लगायत कार्यकर्ताहरूको पक्राउको कारण स्थिति तनावपूर्ण बनिरहेको बेला सर्वदलीय बैठकमा जानु कि नजानुभन्ने दोधार सबैसित थियो। यसबाहेक पनि आज पहाड बन्द रहेकोले पनि ‘बैठकमा पनि बोलाउने बन्द पनि डाक्ने’-भन्ने चर्चा चलिरहेको थियो।

यस्तोमा पनि दलका प्रतिनिधिहरू वैठकमा पुगेका छन्। अर्कोतिर जन आन्दोलन पार्टी भने बैठकमा गएन। डा. हर्कबहादुर छेत्री भने सुझाव दिएर बसेका छन्। गोर्खालिग वैठकमा गएन। गोरामुमोसित सबैले शङ्का गरेको थियो तर गोरामुमोका प्रतिनिधिहरू बैठकमा पुगिसकेका छन्। तृणमूल काङ्ग्रेससित अहिले नजिकमा रहेको गोरामुमोको यो उपस्थिति निक्कै महत्वपूर्ण मानिएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन